बैशाख २३, २०८२ मंगलबार

प्रधानमन्त्री ओली मंसिर २३ गते झापा आउने

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओली झापा आउने कार्यक्रम तय भएको छ । गृह जिल्ला झापामा आयोजना हुने विभिन्न कार्यक्रममा सरिक हुन प्रधानमन्त्री ओली झापा आउन लाग्नु भएको हो ।

प्रधानमन्त्री ओली मंसिर २३ गते झापा आउनु हुने तय भएको नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले बताउनु भयो । २३ र २४ मा आयोजित विभिन्न कार्यक्रममा प्रधानमन्त्री ओली सरिक हुनु हुनेछ ।

प्रधानमन्त्री ओली झापा आउने तय भएपछि बिहीवार एमालेका अगुवा नेता कार्यकर्ताको बैठक दमकमा बसेको छ । तयारी तथा व्यवस्थापनको विषयमा बैठक बसेको अध्यक्ष गिरीले बताउनु भयो ।

प्रधानमन्त्रीको गृह जिल्ला आगमनका विषयमा थप तयारी र व्यवस्थापन गर्ने गरी आज पनि एमाले जिल्ला कमिटीको पदाधिकारी बस्दैछ ।

अध्यक्ष गिरीका अनुसार प्रधानमन्त्री ओलीले मङ्सिर २३ गते दमकमा निर्माण भएको दमक बिजनेस टावरको उद्घाटन गर्नु हुनेछ । बहुप्रतिक्षित यो बिजनेस टावर केन्द्र सरकार आफैंले सञ्चालन गर्ने निर्णय भइसकेको छ ।

बिजनेस टावरको उद्घाटनपछि प्रधानमन्त्री ओलीले त्यही दिन आफ्नो निर्वाचन क्षेत्रमा खानेपानी योजनाको उद्घाटन गर्ने कार्यक्रम छ । मङ्सिर २४ गते गौरादहको स्कुल चौनमा प्रधानमन्त्री ओलीले जग्गाधनी प्रमाणपूर्जा वितरण गर्नुहुनेछ ।

झापा र मोरङमा बस्दै आएका आदिवासी ताजपुरिया समुदायको भेलालाई केही दिन सम्बोधन गर्ने कार्यक्रम तय भएको अध्यक्ष गिरीले बताउनुभयो । प्रधानमन्त्री ओलीले मानव सेवा आश्रम मेचीनगर(४ को भवन पनि त्यही दिन उद्घाटन गर्नु हुनेछ ।

प्रकाशित मिति : मंसिर १४, २०८१ शुक्रबार  १२ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]