बैशाख १२, २०८१ बुधबार

ज्योतिष क्षेत्रमा विश्वासको संकट

सम्पादकीय

आज झापाको बिर्तामोडमा ज्योतिषहरुको भेला हुँदैछ । दक्षिण एसियामा संगठित हुँदै आएका ज्योतिषहरु अन्तराष्ट्रिय सम्मेलन गर्दैछन् । ज्योतिषहरु विचको एकता र नयाँ मार्ग निर्देशका लागि आयोजना गरिएको सम्मेलनले ज्योतिष क्षेत्रलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ । ज्योतिष विज्ञान हो । तर, यसलाई आम नागरिकको विचमा विश्वासको वातावरण तयार गर्न सकिएको छैन । अस्वस्थ्य प्रतिष्पर्धाले ज्योतिष विज्ञानको क्षेत्र साँगुरो बन्दै गएको अनुभूति गर्न सकिन्छ ।

जन्मदेखि मृत्यूसम्म ज्योतिष विज्ञानको जरुरी छ । अनायसै तालमा ज्योतिषीको काम गर्नेहरुले अध्ययन गरेर ज्योतिषको काम गर्नेहरुलाई बद्नाम बनाइरहेका छन् । खासगरी भाग्य हेरिदिनेहरुमा एकताको खाँचो छ । यो अन्तराष्ट्रिय सम्मेलनले एकताको विगुल फुक्न सकोस्, कम्तिामा । भाग्य हेर्ने ज्योतिषहरु अब सडकको किनारमा बस्न हुँदैन । सडकमा बस्ने ज्योतिषका कारण यसको विश्वास बलियो भइरहेको छैन । यसैले विश्वासको लागि सोहि अनुसारको वातारण बनाउन अपरिहार्य छ ।

अब ज्योतिषहरु संगठित हुनुले यस क्षेत्र व्यवस्थित बन्दैछ भन्नु हो । एउटा बालक जन्मिनुपूर्व देखि आजीवन ज्योतिष विज्ञानको खाँचो पर्छ । शिक्षा, स्वास्थ्य र आगामी जीवनलाई बुझ्न पाइने विज्ञान ज्योतिष हो । घर निर्माणमा वास्तुको अध्ययन जरुरी भइसकेको छ । यो विज्ञानलाई व्यवहारिक बनाउन सक्ने भएमा भविष्यको जोखिमबाट अवश्य सुरक्षित बन्न सकिनेछ । ज्योतिष विज्ञानलाई मानवीय जीवनमा आधारभूत आवश्यकताको रुपमा अघि बढानउने दायित्व आम ज्योतिषको हातमा छ । यसैले यसको अनिवार्यता बुझाउन नागरिकमाझ अविश्वासको खाल्डो पुर्नैपर्छ ।

प्रकाशित मिति : माघ २९, २०७६ बुधबार  ८ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]