बैशाख २३, २०८२ मंगलबार

झापामा पालिकास्तरसम्म संयन्त्र बनाउन जुटे कांग्रेस–एमाले

बिर्तामोड । नेपाली कांग्रेस र नेकपा एमालेका नेतीहरुबीच झापामा पालिका स्तरसम्म संयन्त्र बनाउने विषयमा छलफल भएको छ । आज कनकाई नगरपालिका स्थित सामुदायिक वन उपभोक्ता समितिको भवनमा बसेको बैठकले पालिकामा संयन्त्र बनाउने निर्णय गरेको हो ।

स्थानीय सरकार सञ्चालनार्थ विकास निर्माण देखि अन्य कामहरुमा सहकार्य र समन्वय गर्ने उद्देश्यले जिल्लाका १५ वटै पालिकामा संयन्त्र बनाउने निर्णय गरेको नेकपा एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए । उनका अनुसार सबै पालिकामा पार्टीले संसदीय दलको नेता, पार्टी अध्यक्ष एवम् सभापति, पार्टी सचिव र इञ्चार्ज सहितको ४÷४ जना गरेर ८ सदस्यीय संयन्त्र बनाउने छलफल भएको छ ।

यस्तै बैठकले एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला भ्रमणलाई सफल बनाउने दुई दलका नेताहरुबीच छलफल भएको छ । मंसिर २३ र २४ गते हुने जिल्ला भ्रमणलाई सफल बनाउदै दुवै दलको तर्फबाट प्रधानमन्त्री ओलीलाई जिल्लाको साना ठुला विकास योजना पेश गर्ने निर्णय गरिएको कार्कीले जानकारी दिए ।

नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेको अध्यक्षतामा बसेको बैठकमा एमालेका झापा इञ्चार्ज रोमनाथ ओली, अध्यक्ष प्रेम गिरी, सचिव कार्की, कांग्रेसका उपसभापति केशव पाण्डे, सचिव कृष्ण हुमागाईबीच छलफल भएको थियो ।

प्रकाशित मिति : मंसिर १९, २०८१ बुधबार  ७ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]