माघ ८, २०८१ मंगलबार

सनलाइट इन्भेस्टमेन्टको आठौं साधारणसभा

बिर्तामोड । झापाको बिर्तामोडमा स्थापित सनलाइट इन्भेस्टमेन्ट प्रालिले आफ्नो आठौं साधारणसभा आज सम्पन्न गरेको छ ।

शनिबार कम्पनीको परिसर चारआलीमा सम्पन्न साधारण सभामा आर्थिक वर्ष २०८०-८१ मा १० करोड ४ लाख बराबरको कारोबार गरेको जानकारी दिएको छ । प्रालिले पूर्व क्षेत्रमा सिसा र सिसाजन्य वस्तुहरूको थोक कारोबार गर्दै आएको छ ।

सनलाइट इन्भेस्टमेन्ट प्रालिका अध्यक्ष पदम भट्टराईको अध्यक्षतामा सम्पन्न साधारण सभामा यस आर्थिक वर्षमा ३७ लाख ५० हजारभन्दा बढी नाफा कमाएको जानकारी दिएको छ ।

झापाका लब्ध प्रतिष्ठित उद्योगी तथा व्यवसायीहरू तथा कर्मचारीहरू मिलेर विगत आठ वर्ष अगाडि उक्त कम्पनीको स्थापना गरेका थिए । कम्पनीले मेची अञ्चलका सम्पूर्ण क्षेत्र तथा मोरङ जिल्लाका पूर्वी भागमा सिसाजन्य वस्तुहरूको कारोबार गर्दै आएको छ ।

शनिबार सम्पन्न साधारण सभामा प्रालिका अध्यक्ष पदम भट्टराईले वार्षिक प्रतिवेदन सञ्चालक समितिका सचिव युवराज निरौलाले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक भरत कुमार भट्टराईले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भट्टराईले संस्थाको सेयर पूँजी ७ करोड ४७ लाख १६ हजार २ सय ५० रुपैयाँ रहेको जानकारी दिए । प्रालिले आगामी दिनमा आफ्नो व्यापारलाई विस्तार गर्ने र सेयर पुँजीलाई १० करोड पुर्याउने योजना रहेको बताए । हाल उक्त प्रालिमा ६३ जना शेयर सदस्य रहेका छन् । साधारणसभाको उद्घाटन सत्रमा प्रमुख अतिथि वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्यले कम्पनीहरूले पालन गर्नुपर्ने कानुनी प्रावधानहरूको बारेमा जानकारी गराए ।

कार्यक्रममा प्रालिका सल्लाहकार सदस्य मोहन शिवाकोटी, युवराज पाण्डे र सदस्य रिङकुमार आचार्य लगायतले प्रालिको कारोबार र व्यवस्थापनको विषयमा आआफ्नो सुझाव राखेका थिए ।

प्रकाशित मिति : मंसिर २२, २०८१ शनिबार  ८ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]