बैशाख १४, २०८१ शुक्रबार

सांसद राजेन्द्र लिङ्देनलाई खुल्ला पत्र

माननीय राजेन्द्र लिङदेन ज्यू,
नमस्कार,

कचनकवल गाउँपालिकामा तपाईंको पार्टीको सरकार छ । कचनकवल तपाईंको निर्देशनमा सञ्चालन हुने कुरा सबै कचनकवलबासी जानकार छन् । हिजो र आज पनि तपाई भ्रष्टचार बिरोधी नेताको रूपमा आफुलाई चित्रण गर्नुहुन्छ । तर, आज कचनकवलमा तपाईंको सल्लाहमा जे भई रहेको छ , तपाईंलाई इतिहासले धिकार्ने दिन आए जस्तो महशुस भएको छ ।

तपाईं शब्द सापटी लिने हो भने ‘भ्रष्टचार गरेर खानु आमाको रगत खानु सरह हो ।’ तर हिजो व्यक्त बिचार भन्दा फरक कार्यशैलीले काम अगाडि बढेका छन् । गाउँपालिकाको प्रशासनिक भवन निर्माणको घेराबेराको काम अघि बढिरहेको भुगोल हेर्दा कतै हामी निहित स्वार्थ र भ्रष्टाचार लिप्त हुन अघि बढ्दै छैनौं ? चार वटा इट्टाभट्टा स्टार, ज्योति ,एसबीआई , प्रेम इट्टा भट्टाको बिच कस्तो संरचनाको परिकल्पना गरिएको हो ?

तपाईं हरेक क्षेत्रमा दखल राख्नु हुन्छ । तपाईं वातावरण बारे राम्रो विश्लेषण गर्नुहुन्छ भन्ने मेरो बुझाई छ । असार ,साउन, भदौको पानीको जोखिम उक्त क्षेत्रमा धेरै जलमग्न एरिया रहेको सर्वबिदितै छ । जग्गा व्यवस्थापन समेत उपर्युुक्त नभएको ठाउँमा किन गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुँदैछ, माननीय ज्यू ?

देश र जनताको लागि समर्पित जीवन हो भने जुन ठाउँमा भवनको परिकल्पना गरिएको छ बिच भागमा बसेर छातिमा हात राखेर हिजोको कसम स्मरण गर्ने हो कि माननीय ज्यू ? मलाई थाहा छैन । तर पनि हामी व्यापारी बन्दै छौ कि ? गाउँपालिका अध्यक्ष अन्जार आलम र तपाईं पनि विभिन्न व्यक्तिसँग जोडिए जग्गाबाट फाइदा लिने गरि लाग्नु भएको होइन ? म खुल्ला रूपमा जान्न चाहान्छु ? यो कार्य तपाईंको निर्देशनमा भएको हो ।

तपाईंको निर्देशन फिर्ता लिनुहोस् । उपर्युुक्त स्थान छनौट गर्नुहोस् । यसमा कचनकवलको हित हुने छ । यस क्षेत्रका राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी ,शिक्षक, सघ संस्था , सचेतक आम नागरिकमा दुरगामी असर पार्ने गाउँपालिकाको निर्णय बिरुद्ध सचेत ढंगले अगाडि बढौं । अहिलेलाई यति नै अरु भेटमा, माननीय ज्यू । – नवराज भट्टराई, कचनकवल

प्रकाशित मिति : फाल्गुन १, २०७६ बिहीबार  ५ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]