बैशाख २५, २०८१ मंगलबार

कारागारभित्रै मास्टर्स

बिर्तामोड । ललितपुरका ३० वर्षीय विकास थापा झापा जिल्ला कारागार भद्रपुरमा सजाय भुक्तान गरिरहेका छन् । एउटा मुद्धाको सजाय सकिएको छ, अब एउटा मुद्धामा ५० प्रतिशत छुट पाउने आशमा बसेका थापा त्यो समय कुरिरहेको बताउँछन् ।

कर्तव्यज्यान मुद्धामा फरार भएका थापा ७ वर्ष भारतरित भासिएका थिए । कलिलै उमेरमा मुद्धा मामिला भोग्नु परेपछि उनी लागुऔषधको दुव्र्यसनमा पनि फसे । ७ वर्षको भारत बसाईपछि नेपाल फर्कने क्रममा उनलाई प्रहरीले लागुऔषध प्रयोग गर्दै गरेको भेटेपछि मुद्धा चलाएको थियो । काँकरभिट्टामा पक्राउ परेपछि उनले कारागार चलान हुनुप¥यो । कारागार पसेपछि थापाले आफ्नो पुरानो मुद्धा समेत सुनाए । थापाले भने, एकै पटक कैदभुक्तान गर्छु भन्दै सुनाए ।

०६९ चैत २९ गते झापा कारागार प्रवेश गरेका थापा कैदीबन्दीसँगै उनको परिचय बदलिएको छ । कैदीका रुपमा कारागार बसिरहेका थापा राजनीतिक शास्त्रमा स्नातकोत्तर (मास्टर्स) गर्दैछन् । अहिले दोस्रो वर्ष चलिरहेको छ, उनले भने –कारागार बस्न थालेपछि स्नातक तहबाट अध्ययन शुरु गरेको थिए । मानविकिमा स्नातक तह दोस्रो श्रेणीमा उर्तिण गरेका थापाले प्राइभेटमा अध्ययन गरिरहेका छन् । अविवाहित थापाले अधिकांश कैदीको चहाना जस्तै कर्तव्यको मुद्दामा आधा समय छुट हुने अपेक्षा गरेका छन् ।

उनीजस्तै, करिव २० जना कारागारमा अध्ययनरत छन् । त्यसमध्ये माथिल्लो तहमा अध्ययन गर्ने थापा नै हुन् । उनका अनुसार कारागारमा कक्षा ८ देखि माथि अध्ययन गर्ने विधार्थी छन् ।

प्रकाशित मिति : फाल्गुन ३, २०७६ शनिबार  ९ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]