बैशाख १२, २०८१ बुधबार

नेपालीलाई लिन वुहान उड्यो वाइडबडी

काठमाडौं । चीनको वुहानमा रहेका १ सय ८५ जना नेपालीलाई उद्दार गर्न नेपाल एयरलाइन्सको वाइडबडी जहाज वुहान उडेको छ।

शनिबार अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज चीनको वुहानको लागि प्रस्थान गरेको हो। कोरोनाभाइरसको उद्गमस्थल वुहानबाट नेपालीलाई लिएर जहाज आइतबार बिहान सवा दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

जहाजमा ३ जना पाइलट, ६ जना क्याबिन क्रू, ४ जना नेपाली सेनाका चिकित्सक र एकरएक जना इन्जिनियर र लोडमास्टर छन्। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने विमान राति ९ बजे (चिनियाँ समय) वुहान तियाङहे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ ।

वुहानबाट स्थानीय समयअनुसार राति ११ बजे नेपाली लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं फर्कने छ । आइतबार बिहान सवा २ बजेतिर २७७ सिटे यो जहाज नेपाली लिएर काठमाडैं आइपुग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिएका छन् ।

नेपाल आउन अहिले चीनका चार–पाँच शहरका नेपाली वुहानमा जम्मा भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताएका छन् । नेपाल आउन १८० नेपालीले चीनस्थित नेपाली दूतावासमा निवेदन दिएका छनर ।

‘उनीहरूका बच्चाबच्ची समेत गरेर १८५ जना हुनेछन्, तिनलाई यहाँ ल्याएर क्वोरन्टाइनस्थल भक्तपुरका नगरकोट र खरीपाटीमा राखिने छ’, श्रेष्ठले भने । काठमाडौं आइसकेपछि चीनबाट फर्किएका ती नेपालीलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने छ ।

नेपाल एयरलाइन्सको अपरेसन डिपार्टमेन्टका क्याप्टेन दीपु ज्वारचनका अनुसार चीन जाने विमानमा एक विदेशी र एक नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, एक जना इन्जिनियर, एक जना फ्लाइट डिस्प्याचर, एक जना लोड मास्टर र चार जना नेपाली सेनाका चिकित्सक रहने जनाइएको छ ।

प्रकाशित मिति : फाल्गुन ३, २०७६ शनिबार  ५ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]