बैशाख १४, २०८१ शुक्रबार

प्रधानमन्त्री ओली आज दिनभर झापा रहने

बिर्तामोड– प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली आज गृहनगर झापाको दमक आउने भएका छन् ।

प्रधानमन्त्री ओलीले दिउँसो सवा १२ बजे दमक–४ मा रहेको कृष्णमन्दिर चोकमा सडक उद्घाटन गर्ने कार्यक्रम रहेको दमक नगरपालिका कार्यालयले जनाएकको छ ।
यस्तै १ बजे दमक र मोरङको मिक्लाजुङ गाउँपालिकाको सीमामा पर्ने रतुवा खोलामा निर्मित पक्की पुलको उद्घाटन र सवा १ बजे बेलडाँगीस्थित जिरो प्वाईन्टमा रवि चिसापानी सडक शिलान्यास गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले दिउँसो साढे १ बजे बेलडाँगीस्थित खेलमैदानमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओलीको अन्तिम कार्यक्रममा दिउँसो साँढे २ बजे दमक नगरपालिका वडा नम्बर १ मा निर्मित विपन्न नमूना बस्तिको उद्घाटनको कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओली आइतबार बेलुकी पख काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : फाल्गुन ४, २०७६ आईतबार  ७ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]