बैशाख २३, २०८२ मंगलबार

बिर्तामोडमा राप्रपाको नयाँ नेतृत्व सर्वसम्मत

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीको बिर्तामोड नगर समितिको नेतृत्व सर्वसम्मत भएको छ । सहमतिबाटै लक्ष्मी गौतम अध्यक्ष बनेका छन् ।

गत मंसिर १६ गते शुरु भएको अधिवेशनमा अध्यक्ष पदका लागि ६ जनाले दावी गरेका थिए । सर्वसम्मत अध्यक्ष चयन गर्न समन्वय समिति बनेको थियो । सहमतिमा गौतम अध्यक्ष बनेका हुन् ।

गौतमको अध्यक्षतामा २२ सदस्यीय नगर समिति घोषणा गरी सोमवार पद हस्तान्तरण तथा सपथ ग्रहण गरिएको छ । नगर सदस्यहरुमा रामलोचन न्यौपाने ,शंकर रिजाल, गोपाल गुरुङ, राजकुमार प्रसाईं ,हरि बराल,बिष्णु गिरी , जीवन कार्की,गोबिन्द पाठक ,पुण्यबहादुर बस्नेत, हेमराज खनाल ,महिला सदस्यमा दुर्गा खतिवडा ,सुमित्रा गजमेर,कुसुम राई,रुथमाया बिश्वकर्मा,गंगा दुलाललगायत रहेको निवर्तमान अध्यक्ष रन्जु प्याकुरलले जानकारी दिइन् । उक्त नामावली निर्वाचन समितिका संयोजक टंक कटुवालले घोषणा गरेका थिए ।

नगर अधिबेशन समन्वय समितिकी अध्यक्ष रन्जु प्याकुरेलको अध्यक्षता तथा केन्द्रीय सदस्य सूर्यनारायण गणेशको प्रमुख आतिथ्यतामा पार्टीका कोशी प्रदेश सचिब कुमार भट्टराई ,जिल्ला अध्यक्ष केशबप्रसाद ओझालगायतको उपस्थितिमा पद हस्तान्तरण तथा सपथ ग्रहण सम्पन्न गरिएको छ ।

प्रकाशित मिति : पुष १, २०८१ सोमबार  ६ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]