चैत्र १६, २०८० शुक्रबार

वुहानबाट काठमाडौं आइपुगे १७५ नेपाली

काठमाडौं । चीनको वुहान शहरमा रहेका १७६ जना नेपालीलाई शनिबार नेपाल ल्याइएको छ ।

कोरोना भाइरसको उदगमस्थल वुहानमा रहेका नेपालीहरु नेपाल एअरलाइन्सको चार्टर विमानमार्फत आइतबार बिहान चार बजेतिर काठमाडौं आइपुगेका हुन् । उद्धार गरिएकामा १७० जना विद्यार्थी, एक जना कामदार, पर्यटक तथा बालबालिका दुई–दुई जना छन् ।

६ जना नेपाली भने स्वास्थ्य समस्याका कारण नेपाल आउन पाएनन् । उनीहरुलाई वुहान एयरपोर्टमै रोकिएको चीनमा रहेको नेपाली दूतावासले जनाएको छ । उनीहरुमा कोरोना संक्रमणको आशंकामा रोकिएको हो ।

वुहानमा रहेका नेपालीहरु लिन एअरलाइन्सको ए ३३० विमान शनिबार त्यसतर्फ प्रस्थान गरेको थियो । यसैबीच सरकारले चीनबाट नेपाल फर्किने नेपालीलाई राख्न भक्तपुरको खरिपाटीमा निर्माण गरेको क्वारेण्टाइनमा पुर्‍याएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानबाट आइतबार राति नेपाल ल्याइएका नेपालीहरुलाई १५ दिनसम्म खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा निर्माण गरिएको क्वारेण्टाइनमा राखिने छ ।

प्रकाशित मिति : फाल्गुन ४, २०७६ आईतबार  ७ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]