जेष्ठ ४, २०८२ शनिबार

चौबिस घण्टाभित्र लिखित जवाफसहित उपस्थित गराउन आदेश

काठमाडौँ, ३ पुस – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण मुद्दामा बन्दीसहित २४ घण्टाभित्र लिखित जवाफसहित उपस्थित गराउन आदेश गरेको छ ।

न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले आज उक्त आदेश जारी गर्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत उपस्थित हुनु भनेको हो । आदेशमा भनिएको छ, “यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए सोको आधार र कारणसहित विपक्षी नं १ र २ हकमा २४ (चौबिस) घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफसाथ उपस्थित हुन तथा अन्य विपक्षीहरुको हकमा समेत २४ (चौबिस) घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु ।”

प्रसाईंका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतमा दर्ता गराउनुभएको थियोे । सोही मुद्दाको सुनुवाइपछि उक्त आदेश भएको हो ।

प्रकाशित मिति : पुष ३, २०८१ बुधबार  १० : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]