बैशाख १३, २०८१ बिहीबार

महोत्सवमा गोवर जाँचदेखि साहित्यकलासम्म

अर्जुनधारा । पर्यटन वर्ष २०२० लाई लक्षित गरि आयोजना गरिएको बृहत अर्जुनधारा नगर महोत्सव अर्जुनधारा–७ बाट सुरु भएको छ ।

आईतबार रमाइलो बस्तीको खेल मैदानमा आयोजित कार्यक्रमका बीच नगर प्रमुख हरिकुमार रानाले पानसमा दीप प्रज्वलन गर्दै महोसत्वको उद्घाटन गरेका हुन् । नगरमै पहिलो पटक भएको महोत्सवमा वडा नम्वर ७ का स्थानीय बासिन्दाहरुको बृहत सहभागिता रहेको थियो ।

महोत्सव उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस झापा सभापति उद्धव थापाले १५ वटा पालिका मध्ये अर्जुनधारा नगरपालिकाले वडा–वडामै पुगेर कार्यक्रम गर्न सफल भएको बताउँदै विकासे काम र जनताको सेवा सक्रिय रहेकोमा धन्यवाद दिए । विशेष अतिथि समेत रहेका सभापति थापाले अर्जुनधारा जलेश्वरधामलाई जोडेर पर्यटन प्रवद्र्धनको प्रचारप्रचार गरिएको हुँदा पूर्वको धार्मिक केन्द्र रुपमा अर्जुनधारा रहेको बताए ।

कार्यक्रममा अर्का अतिथि नेकपाका प्रेमसागर सापकोटाले अर्जुनधारा नगरले गरेको कार्यक्रममा स्थानीय जनताको साथ रहेको बताए । महोत्सवसँगै नगरपालिकाका विभिन्न शाखाहरुले विभिन्न सेवा प्रदान गर्दै आएका छन् ।

महोत्सवमा कृषि शाखाका प्रमुख पदमलाल राईले २० वटा पशुको गोवर जाँच, ४० लाई परामर्श सेवा प्रदान गरेको बताए । प्राविधिक बेनुप बस्नेतका अनुसार प्रत्येक वडामा यस्ता कार्यक्रम रहेको बताए । यसरी नै स्वास्थ्य सेवा शाखाले ४० जनाको माइक्रोस्कोपिक क्याम्प, स्क्रिनिङ क्याम्प २७ र भीआईए टेष्ट ९ जनालाई गरेको शाखाकी सहसंयोजक दुर्गा चापागाईले बताइन् । कार्यक्रममा महिला स्वयमसेवीकाहरुले पोषण प्रदर्शन गरेका थिए ।
अर्जुनधारा वडा नं. ७ का अध्यक्ष नवराम ढुंगानाको सभापतित्वमा भएको कार्यक्रम नगर प्रमुख हरिकुमार रानाले जनतालाई महोत्सवको अनुभूति गराउँदै चेतना छर्न नगरले यस्ता खालको कार्यक्रमको आयोजना गरेको बताए ।

वडा सचिव प्रकाश पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन देवकुमार राई र उर्मिला दाहालले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा सूर्यज्योति तेक्वान्दो डोजाङले डोमोस्ट्रेशन गरेको थियो । साहित्यको निर्णायक मण्डलीमा साहित्यतर्फ कृष्ण बराल, कुमार भट्टराई, पुण्य बराल, कलातर्फ हस्त परियार, कृष्ण पौडेल, सुजन मगर रहेका छन् ।

प्रकाशित मिति : फाल्गुन ४, २०७६ आईतबार  ७ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]