सतासीको साधारणसभा : नाफा नदिने पसल बन्द गर्न सूझाव, बाह्य ऋण घटाउँदै लैजाने लक्ष्य
बिर्तामोड । सतासी बहुउद्देश्यीय सहकारी संस्थाको २१ औैं वार्षिक साधारण सभा सम्पन्न भएको छ । अतिथी सदन बिर्तामोडमा आज साधारणसभा सम्पन्न गरिएको हो ।
डिपार्टमेन्टसमेत सञ्चालन गर्दै आएको सतासीको साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले गरेका थिए । सो अवसरमा सहकारीका तत्कालिन प्रबन्धक सन्तोष श्रेष्ठलाई विदाई सहित सम्मान गरिएको छ । यस्तै, राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा निर्वाचित प्रमुख अतिथि महेन्द्र गिरीलाई सम्मान गरिएको थियो ।
साधारणसभामा संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै आगामी चार बर्षे रणनीतिक वित्तीय लक्ष्य प्रस्तुत गरेका छन् । उनले आर्थिक वर्ष २०८१-०८२ देखि आर्थिक वर्ष २०८४-०८५ सम्मको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
बाह्य ऋण घटाउँदै लैजाने लक्ष्यसहित अध्यक्ष श्रेष्ठले सहकारीमा शेयर पूँजी वृद्धि गर्ने, कोषहरुको वृद्धि गर्ने, बचत तथा निक्षेप वृद्धि गर्ने जनाए । उनले चार बर्षीय रणनीतिक वित्तीय लक्ष्य सहितको प्रतिवेदन अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेका थिए ।
नीति तथा कार्यविधि संशोधन तथा निर्माण, ऋण लगानी, अचल सम्पत्ती धितो लिलाम तथा लिलामबाट प्राप्त सम्पत्ति, सदस्य राहत कार्यक्रम, पसल व्यवस्थापन, सक्षिप्त पूँजी फिर्ता कोष र शेयर लाभांस कोषको रकम बितरण एकीकरण , लेखा परीक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण, सेवा केन्द्र संचालन, बाह्य ऋण माग गर्ने लगायतका संस्थाले नीति तथा कार्यक्रमहरु अघि सारिएको संस्थाका अध्यक्ष श्रेष्ठले बताए ।
सहकारीले आर्थिक वर्ष २०८०-०८१ असार मसान्त सम्ममा सहकारीको शेयर पूँजी सात करोड २७ लाख ५७ हजार चार सय रुपैयाँ पुराएको छ । साधारण जगेडा कोष तीन करोड १६ लाख ३९ हजार २३ रुपैयाँ ५५ पैसा , अन्य कोष चार करोड २० लाख ९५ हजार २ सय ३४ रुपैयाँ रहेको छ ।
संस्थाको उपाध्यक्ष सुजता गुरुङ थापा मगरले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि गिरी सहित बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्योपाने, कर्णाली सहकारी संस्थाका अध्यक्ष टस बहादुर श्रेष्ठ, महिला उद्यमी संघको अध्यक्ष सुष्मा पौडेल, बिर्तामोड वडा नम्वर ५ का कार्यवहाक अध्यक्ष ओमभक्त सेडाई , जिल्ला सहकारी संघका सदस्य केशव कुमार बस्नेत लगायतले शुभकामना राखेका थिए ।
लेखा सुपरीवेक्षण समितिका संयोजक दिनेश शाक्यले लेखा प्रतिवेदन प्रस्तुत गर्दै गरामनी र हल्दिवारीको पसल बन्द गर्न वा स्थानान्तरण गर्न सूझाव दिएका छन् । उनले दुई पसलबाट नाफा नभएको भन्दै यस्तो सूझाव दिएका हुन् । यस्तै, सहकारी पसलमा कर्मचारीहरु नियुक्ति गर्दा धरौटी समेत राख्न सूझाव दिएका छन् । शाक्यले घण्टाका आधारमा पारिश्रमिक दिन मिल्ने गरि कर्मचारी व्यवस्थापन गर्न समेत सूझाव दिएका छन् ।
बजारको मुल्यलाई मध्यनजर गर्दै सहुलियत मुल्य कामय गर्न साधारणसभा प्रस्तुत लेखा प्रतिवेदनमा उल्लेख छ ।