बैशाख १४, २०८१ शुक्रबार

सडक बत्ति कसरी खरिद गरियो ?

सम्पादकीय

झापा क्षेत्र नं. ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङदेनले हल्दिवारी–२ का नागरिकलाई दिएको बचन पुरा गरे । केहि समयअघि त्यहाँका नागरिकलाई सडक बत्ति जडान गरिदिने प्रतिबद्धता गरेका सांसदले १३ वटा बत्ति जडान गरिदिएका छन् । उनको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत १० लाखको बजेटमा बत्ति जडान गरिएको सत्य हो । अहिले सो क्षेत्र झलमल्ल भएको छ । तर, सडक बत्ति जडान गर्ने विधि र प्रक्रिया बेठिक भएको चर्चा चुलिएको छ । भ्रष्टाचार गर्नु आमाको रगत खानु हो भन्ने नाराले देशव्यापी लोकप्रियता पाएको छ । यो विचार व्यक्त गर्ने सांसदले पक्कै विधि र प्रक्रियालाई नभुल्नुपर्ने हो । सामान्य मापदण्ड जो कोहिले पुरा गर्नुपर्छ । यसैको खोजी आज भइरहेको छ ।

हल्दिवारी गाउँपालिका क्षेत्रभित्र जडान भएको बत्तिबारे स्थानीय जनप्रतिनिधिलाई थाहा छैन । समन्वय विना नै सडक बत्ति जडान भयो । सरकारले कुनै विकास आयोजना झापा क्षेत्र नं. ३ मा ल्यायो भने सांसदसँग समन्व गर्नैपर्ने सामान्य मापदण्ड हुन्छ । तर, सांसदकै कार्यक्रमबाट भएको विकासको काममा जनप्रतिनिधिलाई थाहा समेत नहुनु जनप्रतिनिधि र सांसद दुवै पक्षको कमजोरी हो । सडक बत्ति उपभोक्ता समिति मार्फत जडान भएको भनिएको छ । तर, समितिका अध्यक्ष कुमार भण्डारीलाई यसबारे थाहा छैन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगरलाई समेत थाहा नभएको स्पष्ट पारिसकेका छन् । आखिर कुन विधिबाट १० लाखको बत्ति खरिद भयो त ?

स्थानीय नागरिकलाई सडक बत्ति जडान गरेपछि सुविधा प्राप्त भएको छ । त्यसमा दुईमत छैन । तर, विकासका कुनै पनि काममा विधि मिच्न कसैलाई छुट छैन । सडक बत्ति जडान गर्ने कम्पनीले अनलाईन टेण्डर मार्फत काम गरेको जानकारी दिए पनि त्यो सत्य होइन । अनलाईन टेण्डर नभएको गाउँपालिकाले बताइसकेको छ । कुन बाटोबाट बत्ति जोडियो ? यसको आधिकारिक जानकारी आम नागरिकलाई दिनैपर्छ । विधिलाई नमान्नु पनि नीतिगत भ्रष्टाचार हो । यसैले कुनै पनि विकास निर्माणमा नागरिलाई आँखा छल्न पाइदैन । यो सडक बत्ति कसरी , कनु विधिबाट जडान गरियो ? सार्वजनिक गर्नेपर्छ ।

प्रकाशित मिति : फाल्गुन ५, २०७६ सोमबार  ९ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]