जेष्ठ ६, २०८२ सोमबार

बिर्तामोडद्वारा गठित विषयगत समितिहरू पुनः सक्रिय

बिर्तामोड – बिर्तामोड नगरपालिका द्वारा गठित विषयगत समितिहरू पुनः सक्रिय हुन थालेका छन्। शैक्षिक सत्र २०८१ लाई शैक्षिक उपलब्धि वृद्धि वर्षको रुपमा नगरपालिकाले घोषणा गरेपछि शिक्षकहरू सक्रिय हुन थालेका हुन्।

शैक्षिक गुणस्तर र उपलब्धिलाई वृद्धि गर्नका लागि पालिका स्तरीय पाँचवटा विषयगत समितिहरु गठन भएपछि विषयगत समितिहरुले विभिन्न शैक्षिक कार्यक्रमहरू गर्दै आएका छन्।

यसै क्रममा अंग्रेजी विषय समितिले शुक्रबार प्राथमिक तहमा अध्यापन गराउने शिक्षकहरूका लागि एक दिने कार्यशाला गोष्ठीको आयोजना गरेको छ।

बिर्तामोड नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूका शिक्षकहरू सहभागी उक्त कार्यशालामा प्राथमिक तहमा अंग्रेजी विषय शिक्षणका विभिन्न अभ्यासहरूको प्रस्तुति गर्नुका साथै रिडिङ राइटिङ र ग्रामर शिक्षणमा अपनाइने नयाँ शिक्षण कौशलहरु प्रस्तुत गरिएको थियो।

उक्त कार्यशालालाई सहजकर्ताहरू धर्मेन्द्र भट्टराई केशव उप्रेती र सानबहादुर बस्नेत ले सहजीकरण गरेका थिए। कार्यशालामा २५ जना शिक्षकहरूको सहभागिता रहेको थियो। अंग्रेजी विषय समितिका संयोजक लक्ष्मण सेवाकोटीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षा शाखा अधिकृत लासाङ तामाङले शिक्षकहरूका समस्याहरुलाई आवश्यकताको आधारमा समाधान गर्दै जाने लक्ष्य लिएको बताउनुभयो।

सहभागीहरूको तर्फबाट सुषमा तामाङ र पिताम्बर मिश्रले यस प्रकृतिका कार्यक्रमहरूले शिक्षकहरूलाई शिक्षण क्रियाकलापमा सहयोग पुग्ने बताउँदै आगामी दिनमा समेत थप कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नुपर्ने बताएका थिए। संक्षिप्त समापन समारोहमा प्रशिक्षक धर्मेन्द्र भट्टराई दिनेश बास्कोटा, शिक्षा अधिकृत लासाङ तामाङ ,संयोजक लक्ष्मण शिवाकोटी र केशव उप्रेतीले आआफ्नो भनाइ राख्नुभएको थियो।

कार्यक्रममा विषयगत समितिका सदस्यहरू शानबहादुर बस्नेत परासर दाहाल श्रीसा भण्डारी लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : पुष १३, २०८१ शनिबार  ७ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]