जेष्ठ ६, २०८२ सोमबार

मुक्ति समाज भद्रपुरको अध्यक्षमा लालबहादुर

भद्रपुर । नेपाल उत्पीडित जातीय मुक्ति समाजको तेस्रो नगर अधिवेशनले लालबहादुर चाहरको अध्यक्षतामा २५ सदस्यीय नगर कमिटी चयन गरेको छ ।

शनिबार भद्रपुर वडा नम्बर १० को सभाकक्षमा भएको तेस्रो अधिवेशनको बन्द सत्रले २५ सदस्यीय नगर कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

अध्यक्ष मण्डलको अध्यक्ष माधव विद्रोहीको अध्यक्षतामा भएको बन्दसत्रले नगर कमिटीको उपाध्यक्षमा भक्त खाती र नविन घटानी, सचिवमा रुविना विक, उपसचिवमा सावित्रा विश्वकर्मा, कुमार विश्वकर्मा र कोषाध्यक्षमा राधा पासवानलाई सर्वसम्मत निर्वांचित गरेको छ ।

सो कमिटीको सदस्यहरुमा रामचन्द्र विकडिल्ली विक, मंगलमय विक, गोमा दर्जी, रमिता सुन्दास, मालती देवी पासवान, तुलसा गजमेर, र नारायण शंकर सर्वसम्मत चयन हुनु भएको अध्यक्ष मण्डलका सदस्य घनश्याम लकान्द्रीले बताउनुभयो ।

त्यसैगरी, सदस्यहरुमा कमलादेवी विश्वकर्मा, विनोद मल्लिक, भावना रुचाल, शर्मिला पाँचकोटी, गीता खाती सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा सम्पन्न तेस्रो अधिवेशनको उद्घाटन समारोहको अध्यक्षता भद्रपुर नगर कमिटीका अध्यक्ष दुर्गा पोर्तेलले गर्नु भएको थियो ।

समाजको नगर सचिव उमा विकले सञ्चालन गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि पोर्तेल, समाजका स्थायी कमिटीका सदस्य तथा झापा इञ्चार्ज विमला विक, नेकपा एमाले झापाका कार्यालय सचिव तथा झापा इञ्चार्ज छविलाल विश्वकर्मा, एमाले कोशी प्रदेश कमिटीका सदस्य घनश्याम अधिकारी एमाले झापा उपसचिव अशारु राजवंशी, भद्रपुर नगर अध्यक्ष निर्माण नेपाल, वडा नम्बर ९ का वडा अध्यक्ष राम दाहाल र युवा संघ भद्रपुर नगर अध्यक्ष दिपक बुढाथोकीलगायतका वक्ताहरुले शुभकामना व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति : पुष १४, २०८१ आईतबार  ९ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]