जेष्ठ ६, २०८२ सोमबार

बिर्तामोडमा गाई, भैंसीलाई खोरेत विरुद्धको भ्याक्सिन लगाउदैं

बिर्तामोड । बिर्तामोड नगरपालिकाले गाई, भैंसीमा लाग्ने सरुवा रोग खोरेत विरुद्दको भ्याक्सिन लगाउने कार्यलाई तिब्रता दिएको छ ।

यस रोगबाट कृषकलाइ कुनैपनि प्रकारको क्षति नहोस् भन्ने उदेश्यले नगरपालिकाले सबै वडामा पुगेर निशुल्क रुपमा भ्याक्सिन लगाउने कार्य गरिरहेको पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख डा . नगेन्द्र खड्काले जानकारी दिनु भयो ।

वडा नम्बर ६ र ७ मा सम्पन्न गरेर अहिले वडा नम्बर ९ मा सञ्चालन भईरहेको जनाईएको छ । शाखा प्रमुख डा. खड्काका अनुसार वडा नम्बर ६ मा ८५०, वडा नम्बर ७ मा २ हजार १२० र वडा नम्बर ९ मा आईतबार सम्ममा १ हजार ६० भ्याक्सिन लगाइएको छ ।

वडा नम्बर ९ मा आज सम्पन्न गरेर वडा नम्बर ८ मा भ्याक्सिनेसन सुरु गरीने छ । यस आर्थिक वर्षमा १३ हजार गाई,भैंसीलाई भ्याक्सिन लगाउने नगरपालिकाको योजना छ । चार जना प्राविधिक उक्त कार्यमा खटिएका छन् ।

नगरपालिकाले कृषकहरुलाई खोरेत, पिपिआर (बाख्रामा लाग्ने सिगाने रोग) स्वाईन फिभर, रानीखेत ९कुखुरामा लाग्ने रोग० निशुल्क उपलव्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : पुष १५, २०८१ सोमबार  ६ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]