चैत्र १६, २०८० शुक्रबार

थ्रि स्टार सेमिफाइनल प्रवेश

झिलझिले । तेस्रो सताक्षी गोल्डकपको सोमबार भएको दोस्रो दिनको खेलमा थ्रि स्टार फुटबल क्लब विजयी भएको छ । जितसँगै थ्रि स्टार सेमिफाइनल प्रवेश गरेको छ । फाइनल प्रवेशका लागि उसले आयोजक सतासीधाम स्पोर्टिङ क्लबको सामना गर्नेछ । मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै आयोजक सेमिफाइनल प्रवेश गरेका थियो ।

बेलबारी फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्रि स्टार अन्तिम चारमा प्रवेश गरेको हो । बेलबारी प्रदेश लिगको उपविजेता टिम हो । दोस्रो क्वार्टर फाइनल खेलको सुरुवाती समयमै थ्रि स्टारले बेलबारीलाई दबाबमा राखेको थियो । खेलको नवौँ मिनेटमा थ्रि स्टारका सञ्जोग राईले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । विपक्षीको हेडर फ्लिक भएको मौकामा उनले गोल गरेका हुन् ।

त्यसको पाँच मिनेटपछि सञ्जोगकै एसिस्टमा सुशील राईले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ५३ औँ मिनेटमा सञ्जोगको प्रहार बेलबारीका गोल किप्पर सनम राईले उत्कृष्ट बचाउ गरे पनि एक मिनेटपछि लालारामको पासमा सञ्जोगले एक गोल थप्दै टिमलाई ३–० मा पुर्याएका थिए ।

त्यस्तै, खेलको २३ औँ मिनटमा बेलबारीलाई गोल गर्ने अवसर मिले पनि मिस पास हुँदा थ्रि स्टारका डिफेन्सले क्लियर गरिदिए । पहिलो हाफको अन्तिम मिनेटमा बेलबारीका वीरेन्द्र लिम्बूलाई डिबक्स नजिकै लडाउँदा पाएको फ्रिकिक प्रहार ब्लक हुँदा बेलबारीले गोल गर्ने अवसर गुमायो । भूषण सुब्बाको सो प्रहार ब्लक भएको थियो । खेलका म्यान अफ दि म्याच थ्रि स्टारका दुई गोलकर्ता सञ्जोग राई घोषित भए ।

तेस्रो संस्करणको सताक्षी गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र फुटबल क्लब, गोर्खा ब्वाइज फुटबल क्लब, बेलबारी फुटबल क्लब मोरङ, आयोजक टिम र भारत दार्जिलिङको एमएफसीले सहभागी रहेको आयोजकका उपाध्यक्ष फुर्वा तामाङले जानकारी दिए । प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ ।

आर्थिक संयोजक सनम इजमले प्रतियोगिता सञ्चालन गर्न ७६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको बताए । प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्टको पुरस्कार ५० हजार र हाइ स्कोररलाई २५ हजार नगदै पुरस्कार प्रदान गरिने भएको छ । त्यस्तै, उत्कृष्ट मिड फिल्डर, फरवर्ड, डिफेन्स, गोल किपर र उत्कृष्ट प्रशिक्षकको पुरस्कार राशी जनही २० हजार र म्यान अफ दि म्याचको १० हजार रहेको प्रेस संयोजक योगेन लावतीले जनाए । सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको थियो ।

२३ औँ मिनटमा बेलबारीलाई गोल गर्ने अवसर मिले पनि मिस पास हुँदा थ्रि स्टारका डिफेन्सले क्लियर गरिदिए । पहिलो हाफको अन्तिम मिनेटमा बेलबारीका वीरेन्द्र लिम्बूलाई डिबक्स नजिकै लडाउँदा पाएको फ्रिकिक प्रहार ब्लक हुँदा बेलबारीले गोल गर्ने अवसर गुमायो । भूषण सुब्बाको सो प्रहार ब्लक भएको थियो । खेलका म्यान अफ दि म्याच थ्रि स्टारका दुई गोलकर्ता सञ्जोग राई घोषित भए ।
तेस्रो संस्करणको सताक्षी गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र फुटबल क्लब, गोर्खा ब्वाइज फुटबल क्लब, बेलबारी फुटबल क्लब मोरङ, आयोजक टिम र भारत दार्जिलिङको एमएफसीले सहभागी रहेको आयोजकका उपाध्यक्ष फुर्वा तामाङले जानकारी दिए । प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ ।
आर्थिक संयोजक सनम इजमले प्रतियोगिता सञ्चालन गर्न ७६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको बताए । प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्टको पुरस्कार ५० हजार र हाइ स्कोररलाई २५ हजार नगदै पुरस्कार प्रदान गरिने भएको छ । त्यस्तै, उत्कृष्ट मिड फिल्डर, फरवर्ड, डिफेन्स, गोल किपर र उत्कृष्ट प्रशिक्षकको पुरस्कार राशी जनही २० हजार र म्यान अफ दि म्याचको १० हजार रहेको प्रेस संयोजक योगेन लावतीले जनाए । सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको थियो ।

प्रकाशित मिति : फाल्गुन ५, २०७६ सोमबार  ६ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]