बैशाख २३, २०८२ मंगलबार

सहाराको इकाई साधारण सभा शुरू

बिर्तामोड । सहारा नेपाल साकोस चारपानेले इकाई साधारण सभा शुरू गरेको छ । बिर्तामोड इकाईमा सोमवार सेवा केन्द्र संयोजक कृष्णबहादुर थापाको अध्यक्षतामा उपइकाई साधारणसभा सम्पन्न भएको हो ।

बिर्तामोड १ का अध्यक्ष एवम् विर्तामोड नगरका प्रवक्ता कार्यक्रमका प्रमुख अतिथि अग्निप्रसाद पाण्डे लगायतका वक्ताले सहारा सहकारीले सदस्यको आवश्यक्तालाई पूरा गर्न सक्रिय रहेकोमा आभार व्यक्त गर्नु भएको छ ।

‘सदस्यको स्वास्थ्य उपचारका लागि सहारा सहकारी अब्बल बनेको छ’, अध्यक्ष पाण्डेले भन्नुभयो, ‘सहारा सहकारीले अब सदस्यका छोराछोरीको शिक्षाका लागि पनि स्वास्थ्यको जस्तै योजना ल्याउनु पर्छ ।’ उहाँले एउटा सदस्यको बचत रकम अर्को सदस्यले ऋण लगेर समयमा नतिर्ने अवस्थाको अन्त्यका लागि सबै सदस्य एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

उपइकाई साधारणसभामा अध्यक्षको प्रतिबेदन सञ्चालक सदस्य पर्बता गिरी, नीति तथा कार्यक्रम द्वितीय उपाध्यक्ष ज्ञानुनाथ मैनाली, लेखापरीक्षणको प्रतिबेदन सोमलाल नेम्वाङ र लेखा सुपरिवेक्षण समिति तथा ऋण समितिको प्रतिबेदन अनुगमन अधिकृत घनश्याम रायले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन विर्तामोड सेवाकेन्द्र प्रमुख सागर ओझाले गर्नु भएको थियो ।

उपइकाई भेलाबाट ३ जना अन्तिम माइनुट प्रतिबेदन प्रमाणित गर्न र १७ जना प्रतिबेदन प्रतिनिधि सर्बसहमत छनोट गरिएको छ ।

कुल ७ वटा इकाई अन्तरगत ८६ वटा उप इकाई गरी कार्यक्रम सम्पन्न हुने अनुगमन अधिकृत रायले जानकारी दिनुभयो ।

प्रकाशित मिति : पुष १६, २०८१ मंगलबार  ९ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]