बैशाख २०, २०८२ शनिबार

मेलमिलाप दिवसको अवसरमा अर्जुनधारामा वृक्षरोपण

अर्जुनधारा । नेपाली कांग्रेस निकट नेपाल प्रजातन्त्र सेनानी संघ झापाले ४९ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आज वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । संघद्वारा अर्जुनधारा नगरपालिका – ८ स्थित मेरो रेडियोको तालिम हलमा आयोजित कार्यक्रममा पूर्व जिल्ला बिकास समितिका सभापति कृष्णप्रसाद मिश्रको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

मेरो रेडियो परिसरमा रहेको २ कठ्ठा जग्गामध्ये १ कठ्ठा जग्गामा विभिन्न वनस्पति जातका (आँप, लिची, बयर , समी, निमपत्ती आदि) विरुवाहरु रोपिएको मेरो रेडियोका सम्पादक कुमार भट्टराईले जानकारी दिए ।

त्यसै अवसरमा नेपाल प्रजातन्त्र सेनानी संघ झापाका अध्यक्ष लिलक सिटौलाको सभापतित्व र नेपाली कांग्रेस भद्रपुरका नगर उपसभापति ज्ञानमणि भुर्तेलले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि मिश्र, नेपाल प्रजातन्त्र सेनानी संघ केन्द्रीय प्रतिनिधि शरद शिवाकोटी, नेपाली कांग्रेस कोशी प्रदेश महाधिवेशन प्रतिनिधि रञ्जिता कार्की, मानव अधिकारवादी विष्णु खरेल, नेका अर्जुनधाराका नगर सभापति हेमप्रसाद खरेल (हेमराज ), साहित्यकार कृष्ण धराबासी लगायतले बीपी कोईरालाले अघि सारेको राष्ट्रिय मेलमिलापको नीति, सिद्धान्तका बारेमा चर्चा गरेका थिए ।

सो कार्यक्रममा प्रजातन्त्र सेनानी संघका तोरण प्रसाद दाहाल, शेखरनाथ अधिकारी, केदार खड्का, सेवन्त ढकाल, तारा काफ्ले, महेश ढकाल, मोहन सुब्बा लगायत १४० जना भन्दा बढीको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : पुष १६, २०८१ मंगलबार  ३ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]