बैशाख १३, २०८१ बिहीबार

डीआइजीका नक्कली भतिज झापा प्रहरीद्वारा पक्राउ

बिर्तामोड । झापा प्रहरीले नक्कली प्रहरी पक्राउ गरेको छ । प्रहरीमा जागिर लगाइदिने भन्दै रकम असुल्ने नक्कली प्रहरी निरीक्षक पक्राउ परेका हुन् ।

उदयपुर त्रियुगा नगरपालिका– ३ भुल्के बस्ने २२ वर्षीय विजय वाग्लेलाई पक्राउ गरिएको झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । वाग्लेसँग नेपाल प्रहरीको परिचयपत्र समेत फेला परेको छ । वाग्लेले आफू नेपाल प्रहरीको प्रहरी निरीक्षक भन्दै सोलुखुम्बु नेचेसल्यान गाउँपालिका –३ बस्ने २० वर्षीय पुण्यप्रसाद कट्टेल र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १– बस्ने १९ वर्षीय सफल आचार्यसँग प्रहरीमा जागिर लगाइदिने भन्दै १ लाख ५० हजार रकम असुलेका थिए ।

नक्कली प्रहरी निरीक्षक बनेर अवैध गतिविधिमा सक्रिय भएको उजुरीका आधारमा वाग्लेलाई पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ । सोही उजुरीको आधारमा वाग्लेलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको हो । वाग्लेलाई झापा जिल्ला अदालतमा पेस गरी ठगी र सरकारी कागज किर्ते मुद्दा दर्ता गराई थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका वाग्लेले डीआइजी साप मेरो ठुलो बुबा हो भन्दै ठगि गरेको अनुसन्धानबाट खलेको छ ।

प्रकाशित मिति : फाल्गुन ७, २०७६ बुधबार  ६ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]