१४ वर्षदेखि फरार प्रतिबादी पक्राउ
बिर्तामोड । वन पैदावार हानी नोक्सानी मुद्धाका फरार प्रतिबादी भद्रपुर –९ का चित्र बहादुर लुइटेललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापाले ०६२ साल चैत ८ गतेको फैसला अनुसार १ बर्ष कैद सजाय तोकेको थियो ।

लुईटेललाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिशेष सुराकी पत्ता लगाई पुहातुबारीबाट आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । १४ वर्षपछि पक्राउ परेका लुईटेललाई जिल्ला अदालत झापामा दाखिला गरी अदालत झापाको पत्रादेशले जिल्ला कारागार चन्द्रगढी चलान गरिएको छ ।