बैशाख २४, २०८१ सोमबार

काँकरभिट्टामा चारतले घर भाडामा लिई यौनधन्दा

बिर्तामोड । काँकरभिट्टा प्रहरीले चारतले घर भाडामा लिई यौन व्यवसाय सञ्चालन गर्दै आएका व्यक्तिलाई पक्राउ गरेको छ । बुधबार बिहान काँकरभिट्टामा भेटिएका शंकास्पद दुई किशोरीसँग सोधपुछ गर्दा प्रहरीले यौन व्यवसायका लागि प्रयोग गर्दै आएको १६ कोठाको चारतले घर पत्तो लगाएको थियो ।

सो व्यवसाय सञ्चालन गर्ने विराटनगर–५ घर भई मेचीनगर –७ बस्दै आएका ४४ वर्षीय तुलसी कट्टेल, सोहि वडा बस्ने ५८ वर्षीय हरि भन्ने शिव प्रसाद घिमिरे र मेचीनगर –६ का ४६ वर्षीय श्याम प्रसाद शिवाकोटीलाई प्रहरीले पक्राउ गरेका छन् । तिन जनाले काँकरभिट्टास्थित बसपार्क (प्यारिभिट्टा) मा घर भाडा लिई यौन व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

लामो समयदेखि यौन व्यवसाय सञ्चालन गर्दै आएका व्यक्तिले मोटो रकम लिएर धन्दा गर्दै आएको प्रहरीको भनाई छ । शंकास्पद किशोरीले प्रहरीलाई बताए अनुसार ग्राहकलाई विभिन्न होटलसम्म पु¥याउदै आएका थिए । रातभर होटल पठाएका किशोरीलाई विहान पुनः सोहि घरमा ल्याई दिनभर यौन व्यवसायमा लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
दैनिक ५ देखि ६ जनासम्म यौन सम्पर्क गर्न लगाई प्रतिघण्टा ५ सय दिने गरेको किशोरीको भनाई छ । एक रातको लागि २५ सयमा पठाएर धन्दा सञ्चालकले १० हजारसम्म लिने गरेको खुलासा भएको छ ।

पक्राउ गरेका तिनै जना मेचीनगर क्षेत्रका स्थापित धन्दा सञ्चालक रहेको बुझिएको छ । उनीहरुलाई होटल व्यवसायी संघले यसअघि नै कारवाही समेत गरेको प्रहरीको भनाई छ । दुवै किशोरीलाई पुनस्र्थापनाका लागि काठमाडौं पठाइएको छ ।
बसपार्क क्षेत्रमा ५ महिनादेखि धन्दा चलाउदै आएका व्यक्तिलाई मानव बेचविखन मुद्दामा कारवाही हुने इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी राजेन्द्र पोखरेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : फाल्गुन ८, २०७६ बिहीबार  ८ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]