जेष्ठ ५, २०८१ शनिबार

झापा कारागारबाट २६ कैदीबन्दीलाई माफी

बिर्तामोड । प्रजातन्त्र दिवसको अवसरमा झापा कारागारबाट २६ जना कैदीबन्दीले माफी मिनाह पाएका छन् । देशभरबाट ७० औं प्रजातन्त्र दिवसको अवसरमा ३ सय २९ जनाले माफी मिनाह पाएको झापा कारागारका जेलर राजेन्द्र निरौलाले जानकारी दिए ।

संविधानको धारा २७६ मा राष्ट्रपतिले माफी दिने व्यवस्था भए अनुसार प्रजातन्त्र दिवसमा कैदीबन्दीलाई माफी मिनाह दिइएको छ । नकारात्मक सुचिका मुद्दा बाहेकका कैदीबन्दीले यो सुविधा पाउने व्यवस्था रहेको छ । त्यसमा पनि उनीहरुले ५० प्रतिशत कैद भुक्तान गरिसकेको हुनुपर्ने जेलर निरौलाले बताए ।

जेलर निरौलाका अनुसार असल चालचलन भएका, बिगो दण्ड जरिवाना र क्षतिपूर्ति रकम बुझाएकाहरुले माफी मिनाह पाएका हुन् ।

झापा जिल्ला कारागारबाट माफी मिनाह पाउनेहरुमा गौ–बध, सवारी ज्यान, कर्तव्य ज्यान (जन्मकैद बाहेक), सरकारी छाप, दस्तखत किर्ते, खोटा चलान र डाका मुद्दाका कैदीबन्दी छन् । झापा र झापा बाहेककाले जिल्ला कारागार झापाबाट मिनाह पाएको जनाइएको छ ।

प्रकाशित मिति : फाल्गुन ९, २०७६ शुक्रबार  ३ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]