जेष्ठ ३, २०८१ बिहीबार

पाँचथर प्रकरण : बालिकालाई झापा ल्याइयो

दमक । पाँचथरको हत्या घटनामा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमलाई झापा ल्याइएको छ । उनको उपचारका लागि झापाको दमकस्थित लाईफलाईन ल्याइएको प्रहरीले जनाएका छन् ।


उनलाई भर्खरै दमकस्थित लाईफलाईन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । सीताको हात भाँचिएको र हाल उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक खगेन्द्र एक्तेनले जानकारी दिए ।


घाइते सीताले स्थानीयवासीलाई बताए अनुसार अनुहार छोपेको व्यक्तिले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो । सुरक्षा निकायले उनको कडा सुरक्षाका विच भेटघाट उपचारको प्रवन्ध मिलाएका छन् । स्वास्थ्यकर्मीका अनुसार शारीरिक रुपमा उनी खतरामुक्त रहेकी छन् ।

प्रकाशित मिति : जेष्ठ ७, २०७६ मंगलबार  ६ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]