हल्दिबारी-बाह्रदशी प्रेस क्लब गठन
झापा । झापाका दुई पालिकाका सक्रिय पत्रकारहरुको भेलाले ‘हल्दिबारी–बाह्रदशी प्रेस क्लब’ गठन गरिएको छ । हल्दिबारी प्रेस क्लबको आयोजनामा भएको सयुक्त भेलाले हल्दिबारी प्रेस क्लब विघठन गर्दै नयाँ क्लब गठन गरेको हो ।
हल्दिबारी गाउँपालिका २ भेलागढी लोकतान्त्रिक पार्कमा भएको भेलाले दुबै पालिकाका पत्रकारहरुको छाता संगठन हल्दिबारी–बाह्रदशी प्रेस क्लब गठन गरिएको क्लबका महासचिव हैकम घिसिङले जानकारी दिए ।
नवगठित क्लबको अध्यक्षमा नेत्र बिक्रम बिमली हल्दिबारी , उपाध्यक्ष अभिशेक धमला (प्रितम) बाह्रदशी , महासचिव हैकम घिसिङ हल्दिबारी, सचिव मनोज तिवारी (दर्पण) बाह्रदशी , कोषाध्यक्ष शान्ता सिवाकोटी हल्दिबारी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा जनक राजवंशी, टिकाराम बास्तोला हल्दिबारी, राजेश आचार्य र असफाक आलम बाह्रदशीबाट रहेका छन् । त्यसैगरी सल्लाहकार समितिमा लेखनाथ शिवाकोटी (प्रदेशी), सुरेन्द्र भण्डारी र याम दंगाल रहनेका छन् । त्यस्तै लेखा समितिमा अभिषेक खतिवडा, जनक राउत र हेमन्त मैनालीलाई चयन गरिएको छ ।