माघ २८, २०८१ सोमबार

किराँत राई यायोक्खा अर्जुनधारालाई नगद ५ लाख रुपैयाँ सहयोग

अर्जुनधारा । अर्जुनधारा नगरपालिका – ११ स्थित सालबारी (हाल अमेरिका) निवासी मनोज बान्तवा राईले किराँत राई यायोक्खा अर्जुनधारालाई नगद ५ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

वडा नम्बर ९ कटहरडाँडास्थित निर्माणाधिन किराँत राई यायोक्खा नगरसमितिको कार्यालय भवन निर्माणका लागि प्रवासी बान्तवा राईले आर्थिक सहयोग गरेका हुन् । प्रवासी राईको उपस्थितिमा यायोक्खा नगर समितिद्वारा सोमबार राईको निजी निवासमा आयोजित आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा दाता परिवारहरु आमा धनशोभा बान्तवा राई, दाजु– भाउजू टेकेन्द्र बान्तवा राई, कमला राईले संयुक्त रुपमा संस्थाका अध्यक्ष बिजय साम्पाङ राईलाई नगद ५ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

यसअघि प्रवासी बान्तवा राईको पहलमा भवन निर्माण गर्न अमेरिकी समाजबाट नगद २ लाख रुपैयाँ सहयोग प्राप्त भइसकेको संस्थाका अध्यक्ष साम्पाङ राईले जानकारी दिए । अध्यक्ष साम्पाङ राईको सभापतित्व र सचिव सिंह बहादुर चाम्लिङ राईले सञ्चालन गरेको कार्यक्रममा दाता मनोज बान्तवा राईले हाल अमेरिका रहँदै आएको बताउँदै आफु प्रवासी भएता पनि यस संस्थालाई संधै माया गर्ने मान्छे हो । उनले भने – आगामी दिनहरूमा पनि संस्थाको उन्नतिका लागि यस्ता सहयोगहरु गर्नेछु ।

सोही अवसरमा संस्थाले दाता बान्तवा राईका आमा धनशोभालाई सुनिम्मा – पारुहाङको तस्बीर सम्मान स्वरुप प्रदान गरिएको थियो । अनुमानित ८० लाख रुपैयाँको लागत ३ तले भवन निर्माण गरिने योजना रहेकोमा हाल सम्म ३२ लाख रुपैयाँ खर्च भई ६ कोठे एक तला भवन निर्माण सम्पन्न भइसकेकोले अब चाडै दोस्रो तला निर्माण कार्य थालनी गरिने सचिव चाम्लिङ राईले जानकारी दिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा किराँत राई योक्खा जिल्ला सदस्य क्याप्टेन शिवकुमार राई, कुसुमहाम राई, नगर समितिका सल्लाहकार पतिमान राई, सहसचिव प्रेम बहादुर चाम्लिङ राई , साँस्कृतिक विभाग संयोजक ढाक बहादुर राई, दाता परिवारका सदस्य कमला राई लगायतको रहेको थियो ।

प्रकाशित मिति : माघ ७, २०८१ सोमबार  ५ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]