बैशाख १४, २०८१ शुक्रबार

सेनाका प्युठले फिर्ता गरे दमकमा भेट्टाएको एक लाख

बिर्तामोड । नेपाली सेनाका प्युठले सडकमा भेट्टाएको एक लाख रुपैयाँ सम्बन्धित धनीलाई बुझाएका छन् ।

२१ नम्बर बाहिनी अड्डा, तोपगाछीमा कार्यरत प्युठ मेघबहादुर अधिकारीले दमक–३, फर्निचर लाइनमा बेवारिसे अवस्थामा फेला पारेको रकम सम्बन्धित धनीलाई बुझाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, झापाका एसपी कृष्ण कोइरालाका अनुसार उनले १ फागुनमा रकम भेट्टाउने बित्तिकै इलाका प्रहरी कार्यालय, दमकमा बुझाएका थिए । प्रहरीले रकम धनी खाजेको थियो ।

त्यसक्रममा शिवसताक्षी–९ का ३९ वर्षीय भिमबहादुर लिम्बु प्रमाणसहित उपस्थित भएपछि प्रहरीले उनकै हातबाट रकम हस्तान्तरण गरेको छ । रकम हस्तान्तरण गर्दा इलाका प्रहरी कार्यालय दमकका प्रमुख डीएसपी विजयराज पण्डित, श्री २१ नं. बाहिनी तोपगाछीका सेनानी प्रभातकिरण श्रेष्ठ, दमक–७ का वडाध्यक्ष भिम पौडेल लगायत उपस्थित थिए । हराएको रकम फिर्ता पाएपछि लिम्बुले खुशी व्यक्त गर्दै सैनिक अधिकारीलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : फाल्गुन ११, २०७६ आईतबार  ६ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]