जेष्ठ १२, २०८२ आईतबार

प्रथम कमल एमाले कप प्रतियोगिता हुने

दमक । सम्भवत जिल्ला मै पहिलो पटक नेकपा एमाले कमल गाउँ कमिटीले पार्टी सदस्यहरु बीच अन्तर वार्ड स्तरीय प्रथम कमल एमाले कप फुटवल प्रतियोगिता गर्ने भएको छ ।

आगामी फागुन ७ गतेदेखि १० गतेसम्म कमल गाउँ कमिटीभित्र रहेका पार्टी सदस्यहरु बीच फुटवल प्रतियोगिता गर्ने भएको हो । एमाले कमल गाउँ कमिटीले सोमवार पत्रकार सम्मेलन गरेर फुटवल कपकोे लोगो सार्वजानिक गर्दै प्रतियोगिताको तयारीको विषयमा गाउँ कमिटी अध्यक्ष हरि ढकालले पत्रकारहरुलाई जानकारी दिनुभयो । नेकपा एमालेले सञ्चालन गरेको ३ महिने वार्ड केन्द्रीत जरा अभियानका अवसरमा प्रतियोगिता एमाले कमल अध्यक्ष ढकालले बताउनु भयो ।

तेज प्रकाश राईको संयोजकत्वमा प्रतियोगिताको प्राविधिक टोली गठन गरेको पनि बताइएको छ । प्रतियोगिताको विजेता टिमलाई नगद २५ हजार र उपविजेता टिमलाई नगद १५ हजार सहित ट्रफी प्रमाण पत्र वितरण गरिने सचिव बिरेन्द्र अधिकारीले बताउनु भयो ।

पत्रकार सम्मेलनमा फुटवल कपकोे लोगो सार्वजानिक गरी बोल्दै एमाले केन्द्रीय सदस्य निर्वाचन क्षेत्र न. ५ इन्चार्ज दिपक कार्कीले पार्टीले माघ,फागुन र चैत्रसम्म सञ्चालन गर्ने जरा अभियान अन्तरगत प्रत्येक वडावासीको घरदैलोमा पुगेर जनताको गुनासो सुन्ने बताउनु भयो । खेलमा युवाहरुलाई आर्कषण गर्न माध्यम नै खेल भएको बताउनु भयो ।

प्रतियोगिता कमल – ३ स्थित केर्खा खेल मैदान हुने र प्रतियोगिताको उद्घाटन कोशी प्रदेशको मुख्य मन्त्री हिक्मत कार्कीले गर्नु हुने एमालेले जनाएको छ ।

प्रकाशित मिति : माघ २९, २०८१ मंगलबार  १० : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]