बैशाख २४, २०८१ सोमबार

उत्खननको अनुगमन गर्दा मेयर, उपमेयर नै असन्तुष्ट भएपछि मंग्रातीद्वारा राजीनामा

काँकरभिट्टा । मेचीनगरका कार्यपालिका सदस्य टिकाराम मंग्रातीले अनुगमन समितिबाट राजीनामा दिएका छन् ।

अनुगमनका क्रममा नगरका जिम्मेवार पदाधिकारीहरुले असहयोग गरेको भन्दै मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उक्त समितिबाट राजीनामा दिएको घोषणा गरेका हुन् । मंग्रातीद्वारा जारी प्रेस बिज्ञप्तीमा भनिएको छ,‘नगरका जिम्मेवार पदाधिकारीहरुबाट नै समितिलाई बद्नाम गर्ने, कार्यपालिकाले गरेको निर्णय बिरुद्ध गलत प्रचार गर्ने र मेरो ब्यक्तिगत तथा राजनीतिक हिसाबले मानमर्दन गर्ने गरी सार्वजनिक रुपमा अभिब्यक्ति दिने गरेकोप्रति आपत्ति जनाउँदै उनले राजीनामा दिएको उल्लेख छ ।’

अनुगमन समितिबाट राजीनामा दिए पनि कार्यपालिका सदस्यको जिम्मेवारी र वन वातावरण तथा विपद् ब्यवस्थापन समितिको संयोजकका हैसियतले आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने बिज्ञप्तीमार्फत उल्लेख गरेका छन् ।

ढुंगा बालुवा उत्खनन्को अनुगमन समितिको कामबाट मेयर उपमेयर नै असन्तुष्ट भएपछि काम गर्न अप्ठ्यारो परेकोले राजीनामा दिएको हुँ । कार्यपालिकाको निर्णय बिरुद्ध जान उपर्युक्त नठानेपछि राजीनामा दिनुको विकल्प नरहेको मंग्रातीले बताए ।

प्रकाशित मिति : फाल्गुन १३, २०७६ मंगलबार  ८ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]