बैशाख २०, २०८२ शनिबार

शिवसताक्षीमा ३ हजार १३५ जनाले लगाए एचपीभी खोप

शिवसताक्षी । झापाको शिवसताक्षीमा ३ हजार १ सय ३५ जना किशोरीले एच.पी.भी.खोप लगाएका छन् । खोप अभियानका क्रममा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप शिवसताक्षीमा ३ हजार १ सय ३५ जना किशोरीले लगाएको शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

जसमा कक्षा ६ मा अध्ययन गर्ने ६४२ जना छात्रा, कक्षा ७ देखि १० सम्म अध्ययन गर्ने २३८९ छात्राले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख रोशन अधिकारीले जानकारी दिए । उनले विद्यालय नजाने १० वर्षीय एक जना र ११ वर्ष देखि १४ वर्षका १०३ जना किशोरीले खोप लगाएको जानकारी दिए ।

नगरपालिकाले पालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी र स्वमसेविकाहरुलाई अभियानमा खटाइएको थियो । अभियानका क्रममा स्वास्थ्य कार्यालय झापाका वरिष्ठ जनस्वास्थ्य प्रशासक रमेश बारकोटी लगायतको टिमले अनुगमन गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

खोप अभियानमा नगरमा खोप लगाउन तोकिएको उमेर समूहका किशोरी नछुटुन् भन्ने उद्देश्यले शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा र नगर उपप्रमुख नरमाया कार्कीले विभिन्न समय अनुगमन र आफै पनि प्रचारप्रचारमा जुट्नु भएको थियो ।

खोप अभियान सकिए पनि शिवसताक्षी नगरपालिकाले अभियानका क्रममा छुटेका किशोरीहरुलाई नगरको स्वास्थ्य केन्द्रहरुमा अझै केही दिन खोप लगाउने जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन १, २०८१ बिहीबार  ६ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]