दुर्गा शक्ति समाज कल्याण संघको अध्यक्षमा खड्का
शनिश्चरे । अर्जुनधारा नगरपालिका –४ स्थित दुर्गा शक्ति समाज कल्याण संघ (ज्येष्ठ नागरिक मिलन केन्द्र ) को अध्यक्षमा केदार खड्का सर्वसम्मत चयन भएका छन् ।
संस्थाद्वारा मंगलबार श्रवण हलमा आयोजित १० औं बार्षिक साधारणसभाबाट खड्का सर्वसम्मत चयन भएका हुन् । साधारणसभाले नयाँ कार्य समितिको उपाध्यक्षमा ठाकुर प्रसाद खतिवडा, सचिवमा भिष्म बुर्जा मगर , सहसचिवमा उर्मिला दनुवार र कोषाध्यक्षमा कुसुमलाल दनुवारलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरु हेम बहादुर बुढाथोकी, सीता दनुवार ,नरबहादुर श्रेष्ठ र डम्बर बहादुर बुढाथोकी चयन भएको निर्वाचन समितिका संयोजक लीला बहादुर कटुवालले जानकारी दिए । समितिको कार्यकाल ३ बर्ष रहनेछ । यसअघि खड्का संघको २ कार्यकाल अध्यक्ष भइसकेका छन् । अर्जुनधारा नगरपालिका – ४ का वडा अध्यक्ष अम्बर बहादुर कटुवालको प्रमुख आतिथ्यता रहेको साधारणसभामा संस्थाका कार्यवाहक अध्यक्ष ठाकुर प्रसाद खतिवडाले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा संस्थाको आर्थिक, भौतिक जस्ता गतिविधि बारे उल्लेख छ । कावा अध्यक्ष खतिवडाको सभापतित्व र लीला बहादुर कटुवालले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि एवं वडा अध्यक्ष कटुवाल , संस्थाका प्रमुख सल्लाहकार तथा दाता केदारनाथ पराजुली, सल्लाहकार देवीप्रसाद बराल, सदस्य दुर्गाप्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य सदस्य भिष्म बुर्जा मगरले राखेका थिए । कार्यक्रममा ९९ जना भन्दा बढी सहभागिता रहेको थियो । सदस्य संख्या १३१ जना रहेको बताइएको छ ।