बैशाख २७, २०८२ शनिबार

विप्लवका दुई कार्यकर्ता पक्राउ

भक्तपुर । प्रहरीले सरकारद्वारा प्रतिवन्धित नेकपाका दुई कार्यकर्तालाई भक्तपुरबाट पक्राउ गरेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई पूर्व जिल्ला सेक्रेटरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

गिरीका अनुसार भक्तपुरस्थित विभिन्न स्थानमा शङ्कास्पद गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा ३१ वर्षीय कुशल बोगटी र ३७ वर्षीय बुद्धिलाल पुनलाई पक्राउ गरिएको हो ।

कालिकोटको रुक्सा गाउँपालिका–४ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–७ निकोसेरा बस्दै आएका बोगटी प्रतिवन्धित नेकपाका पूर्व जिल्ला सेक्रेटरी रहेको प्रहरीको भनाइ छ ।

यस्तै रोल्पाको त्रिवेणी गाउँपालिका–५ जुगार घर भई भक्तपुरकै मध्यपुर ठिमी–२ बस्ने पुन पनि पूर्व जिल्ला सेक्रेटरी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार फागुन १५ गते पक्राउ गरिएका उनीहरुलाई मुलुकी फौजदारी अपराधसंहित २०७६ को दफा ११८ बमोजिम अभद्र व्यवहारमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ । #पक्राउ

प्रकाशित मिति : फाल्गुन १७, २०७६ शनिबार  ३ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]