चैत्र १६, २०८० शुक्रबार

टिकटक स्टारले मिनेटमै कमाउँछन् लाखौँ डलर !

एजेन्सी । लोकप्रिय टिकटक स्टारहरुले केबल ६० सेकेन्डको पोस्टबाटै २ लाख डलरसम्म कमाइ गर्ने गरेको र आगामी वर्ष प्रमुख ब्रान्डहरुसँग १० लाख डलरसम्मको शुल्क लिन सक्ने प्राविधिक विज्ञहरुले बताएका हुन् । करोडौँ फलोअर भएका चर्चित टिकटक सेलीब्रेटीहरुले ठुल्ठुला कम्पनीका ब्रान्डको प्रचार गर्नुले उनीहरुलाई विशेष रुपमा फाइदा पुग्ने बताइएको छ । 

अमेरिकी अनुसन्धान समुह ‘मर्निङ कन्सल्ट’ ले सञ्चालन गरेको रिसर्चका अनुसार ‘स्पन्सर’ गरिएका पोस्टका लागि टिकटकका चर्चित हस्तीहरुलाई प्रति फलोअर ०.००५ डलरसम्म तिर्नुपर्ने हुन्छ । यसरी ती पोस्टहरु १५ देखि ६० सेकेन्डसम्मका अत्यन्तै छोटा भिडियो भएपनि यसले टिकटक स्टारहरुलाई विश्वकै सबैभन्दा छिटो र धेरै कमाइ गर्ने सेलिब्रेटी बनाइदिने बताइएको छ ।

अहिले नै उनीहरुले प्रति पोस्ट २ लाख डलरसम्म कमाइ गरिरहेका छन् । यस्तोमा फलोअर बढ्दै जाँदा उनीहरुले विभिन्न ब्रान्डहरुसँग त्यो भन्दा धेरै शुल्क लिन सक्ने बताइएको छ । यसमा अनुसन्धानकर्ताहरुले तिनका फ्यान १९ करोड ४० लाख सम्म पुग्न सक्ने अनुमान गरेका छन् ।

यसको अर्थ ३ करोड फलोअर भएकी पेनिसिल्भेनियाकी १७ वर्षीया चर्चित टिकटक स्टार लोरेन ग्रेले एउटा पोस्टका लागि २ लाख डलर भन्दा धेरै लिन सक्नेछिन् । त्यस्तै १९ वर्षीया अर्की लोकप्रिय टिकटक सेलिब्रेटी आशिका भाटियाका पनि १ करोड ४५ लाख फलोअर छन् जसले उचित कम्पनीसँग सहकार्य गरेमा प्रति पोस्टको लाखौँ डलर कमाइ गर्न सक्ने बताइएको छ । ‘मार्केटिङ एजेन्सी डिजिटस’ का स्ट्राटिजी पार्टनर जेम्स वाट्लेले द गार्जियनसँग भनेका छन्, “टिकटक वास्तवमै २०२० को डार्लिङ हो ।”   

प्रकाशित मिति : फाल्गुन १८, २०७६ आईतबार  १० : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]