सहसंयोजक शाहीको स्वार्थले नेपाल विधुत प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियनको अधिवेशन असफल
बिर्तामोड । नेपाल विधुत प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियन १ नं.प्रदेशको अधिवेशन स्थगित भएको छ । केन्द्रीय सहसंयोजक खगेन्द्र शाहीको अध्यक्ष मण्डलले अधिवेशन सम्पन्न गर्न नसकेपछि स्थगित गरेको सहभागी प्रतिनिधिहरुले जानकारी दिएका छन् ।

बिराटनगरमा गत शनिवार आयोजना गरिएको ११ औं अधिवेशनले नयाँ नेतृत्व चयन गर्न सकेन । तत्कालिन एमाले निकट नेपाल विधुत प्राधिकरण कर्मचारी युनियन र माओवादी निकट नेपाल विधुत प्राधिकरण राष्ट्रिय कर्मचारी संगठनको एकतापछि पहिलो अधिवेशन नै असफल भएको हो । अधिवेशनले कोषाध्यक्ष र केहि सदस्य टुंगो लगाए पनि अध्यक्ष सहितको पदाधिकारी चयन गर्न नसकेको बताइएको छ ।
अधिवेशनमा निर्वाचन प्रक्रिया शुरु भई मतदानको चरणमा पुगेपछि अध्यक्ष मण्डलका संयोजक शाहीले जबरजस्ती अधिवेशन स्थगित गरेर प्रदेश ५ को अधिवेशनमा गएको बुझिएको छ । प्रतिनिधिहरुका अनुसार शाहीले आफु निकटका उम्मेद्वार पराजित हुने अनुमान लगाएपछि अधिवेशन स्थगित गरेका हुन् ।
१ नं. प्रदेशका सबै जिल्लाबाट सहभागी प्रतिनिधिहरुलाई मध्यरातमा विचल्ली बनाउने गरी कार्यक्रम स्थगित गरेकोमा अध्यक्ष मण्डलप्रति प्रतिनिधिहरुले भत्र्सना गरेका छन् ।