जेष्ठ ५, २०८१ शनिबार

बिर्तामोडमा डिएसपी थापाको ‘इन्ट्री’

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीमा नयाँ डिएसपी मोहन कुमार थापाको ‘इन्ट्री’ भएको छ । आफ्नै कुर्सीमा बस्न दिएपछि विवादमा तानिएका डिएसपी सुवास खड्का कारवाहीमा परेपछि अनारमनीमा डिएसपी थापाको इन्ट्री भएको हो ।

उनी आजबाट हाजिर भएका छन् ।
काठमाडौ प्रहरी परिसरको मुद्दा शाखामा कार्यरत डिएसपी थापा अनारमनीका लागि ११ औं डिएसपी हुन् । उनी प्रहरी संगठनमा बौद्धिक मानिन्छन् भने कानुनमा प्रहरीभित्र दख्खल राख्दछन् । प्रहरी संठनमा बौद्धिक मानिएका डिएसपी थापाले बिर्तामोड प्रहरीको गुमेको साख फर्काउछन् भन्ने आशा संगठनले राखेको छ । विगतको समस्यालाई सुधार गर्न थापाले भूमिका खेल्नेछन् भन्ने उदेश्यले उनलाई बिर्तामोड पठाएको उच्च प्रहरी अधिकारीको बुझाई छ ।


इलाका प्रहरी कार्यालय अनारमनीमा आएका धेरैजसो प्रमुख विवादकै कारण यहाँबाट विदाई हुने गरेका छन् । केहिले राम्रो प्रस्तुति देखाएपनि भुवनेश्वर तिवारी, राजकुमार शिलवाल र सुवास खड्का विवाद कै कारण यहाँबाट विदाई भए । नयाँ डिएसपी थापाको पनि कार्यशैलीले नै उनलाई टिकाई राख्ने बिर्तामोडका अगुवा बताउँछन् ।


पछिल्लो समय बिर्तामोड प्रहरीले रातीको गस्ती नगरेका कारण रातको समयमा धेरै घटना भइरहेको स्थानीयवासीको भनाई छ । यहाँको मुख्य समस्या भनेको यौनधन्दा, जुवातास र सुरक्षा नै हो, एक व्यवसायीले भने । प्रहरी कै संरक्षणमा यौनधन्दा र जुवातास खेलाइने गरेको स्रोतको दावी छ ।


बिर्तामोडका अगुवा बलराम कार्कीले बिर्तामोडमा प्रहरी प्रमुख महिनैपिच्छे बदलिनु नागरिकको लागि पनि राम्रो नभएको बताएका छन् । प्रहरीले आर्थिक प्रलोभनमा नपर्ने हो भने कुनै समस्या नआउने उनको भनाई छ । कार्कीका अनुसार कानुनको दायरामा रहेर नयाँ डिएसपीले काम गनुपर्छ । आफ्नो काम कर्तव्यलाई बोध गरेर नागरिकको सुरक्षामा प्रहरी प्रतिबद्ध हुनुपर्ने कार्कीको ठम्याई छ ।

प्रकाशित मिति : जेष्ठ ९, २०७६ बिहीबार  ५ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]