बैशाख ११, २०८१ मंगलबार

कोरोनाको खतराले नेकपाको प्रदेश १ स्तरीय प्रशिक्षण र सुखानीको आमसभा स्थगित

बिर्तामोड । नेकपाले मंगलबारको लागि राखेको प्रदेश १ स्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण नेपालमा पनि खतरा हुने भन्दै सरकारले  भिडभाड र विवाह भोज नगर्न सोमबार निर्देशन गरेसँगै नेकपाको भेला स्थगित भएको हो ।

 झापाको विर्तामोड स्थित सिटीसेन्टरको साई पार्टी प्यालेसमा कार्यक्रमको भव्य तयारी गरेको नेकपाले सरकारको निर्देशनलाई पालना गर्दै कार्यक्रम स्थगित गरेको जनाएको छ । 

भेलामा पार्टी अध्यक्ष, पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल लगायतका केन्द्रिय नेताहरुले सम्बोध गर्ने कार्यक्रम थियो । खनाल झापा पुगिसकेपनि अरु नेता मंगलबार मात्रै जाने कार्यक्रम थियो ।

कार्यक्रम स्थगित भएपछि अध्यक्ष लगायतका नेताहरु नआउने नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिए । उनले भने ‘भेलाका लागि १ नम्बर प्रदेशका अधिकांश जिल्लाका ४ सय जना भन्दा बढि प्रतिनिधि आइसक्नु भएको र केहि आउने क्रम जारी थियो तर, भेला स्थगित भएको कुरा प्रदेश कमिटिले बिहान मात्र जानकारी दियो  । केन्द्रिय पार्टीको निर्देशन अनुसार भेला स्थगित भएको हो । ’

त्यस्तै बुधबार सुखानीको स्मृतिमा सुखानी पार्कमा हुन लागेको आमसभा पनि स्थगित भएको छ । 

प्रकाशित मिति : फाल्गुन २०, २०७६ मंगलबार  १० : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]