बैशाख १४, २०८१ शुक्रबार

कोरोनाको संक्रमण रोक्न कनकाईमा गंगा आरती

सुरुङ्गा । विश्वभर फैलिएको कोरोना भाइरस रोक्न तथा संस्कृतिको प्रवद्र्धन गर्न झापाको कनकाई नगरपालिकास्थित कनकाई माई किनारमा एक दिने कनकाई माई गंगा आरती हुने भएको छ ।

????????????????????????????????????

ग्लोबल मल्टी अर्गाइजेशन नेपालको आयोजना कनकाई नगरपालिका र कोटीहोम धार्मिक विकास संस्थाको सरक्षण र कनकाई उद्योग बाणिज्य संघको व्यावस्थापनमा आगामी फागुन २३ गते शुक्रवारका दिन कनकाई माइ किनारामा एकदिने गंगा आरती आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

आयोजक समितिका अध्यक्ष एलपी बुडाथोकीले ३ दिने धार्मिक महोत्सवको गरिएकोमा कोरोना भाइरसका कारण सबै कार्यक्रम स्थगित गरेर कोरोना भाइरसबाट मुक्तिका लागि गंगा आरती मात्रै गरिन लागेको जानकारी दिए । आरतीका लागि बनारसबाट तालिम प्राप्त पण्डितहरु बोलाइएको समेत जानकारी दिए ।

कोरोना भाइरस तातोमा मर्ने तथा वायुमण्डललाई स्वच्छ बनाउन समेत होमादी तथा बात्ती बाल्दा फाइदा पुग्ने बुडाथोकीले बताए । गंगा आरतीलाई कनकाई माइमा निरन्तरता दिन स्थानीय पण्डितलाई यसको तालिम दिने तयारी समेत थालिएको कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखखरेलले कनकाई नगरपालिका मै गंगा आरती पहिलो पटक हुन लागेको भन्दै यसलाई निरन्तरता दिन नगरपालिकाले सहयोग गर्ने बताएका छन् ।

प्रकाशित मिति : फाल्गुन २०, २०७६ मंगलबार  ८ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]