बैशाख २१, २०८१ शुक्रबार

बिर्तामोडको नयाँ बसपार्कबाट ब्राउन सुगरसहित ६ जना पक्राउ

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले आज ३५ ग्राम ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ । अर्जुनधारा –११ नयाँ बसपार्कमा रहेको मेची माउण्ट होटलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।

विशेष सूचनाको आधारमा बिर्तामोड प्रहरीले होटलमा छापा हानेर ३५ ग्राम ब्राउन सुगर सहित ६ थान मोवाइल र ५५ हजार नगद बरामत गरेको डीएसपी रिजालले जानकारी दिएका छन् । पक्राउ पर्नेहरुमा फाल्गुनन्द गापा –४ पाँचथरका २४ वर्षीय सञ्जु चेम्जोङ, २० वर्षीय समिर लिम्बू, अर्जुनधारा–६ का बिबेक तामाङ, १९ वर्षीय रोशन गुरुङ, देउमाई – २ का २० वर्षीय सन्तोष तामाङ र फिदिम –१३ का १८ वर्षीय दिपेन लिम्बू रहेका छन् । उनीहरु ब्राउन सुगरको प्रयोगकर्तासँगै व्यापारी समेत हुन सक्ने प्रहरीको भनाई छ । प्रहरीका अनुसार उनीहरुलाई लागुऔषध मुद्दामा १० देखि १५ वर्षसम्म जेल सजाय हुन सक्ने छ ।

बिर्तामोडमा डीएसपीको जिम्मेवारी सम्हालेपछि रिजालको नेतृत्वमा अहिलेसम्म ११६ ग्राम ६०० मिलिग्राम ब्राउन सुगर सहित १८ जना पक्राउ गरिएको इप्रका अनारमनीले जनाएको छ । यसअघिका डीएसपी मोहन कुमार थापाले ३६२ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर, ८०० ग्राम गाँजा , ६०० एम्पुल , र ७६ वटा ट्याब्लेट सहित ३८ जना पक्राउ गरेको इप्रका अनारमनीको तथ्याङकमा उल्ल्ेख छ । जिल्लाकै धेरै परिमाणमा बिर्तामोडबाट लागुऔषध बरामत हुने गरेको तथ्याङकले देखाएको छ ।

प्रकाशित मिति : फाल्गुन २१, २०७६ बुधबार  ५ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]