बैशाख २५, २०८२ बिहीबार

झापामा अन्तराष्ट्रिय बुद्धिचाल सुरु

काँकरभिट्टा । नाइट चेस क्लवको आयोजनामा पिवि थापा मेमोरियल अन्तराष्ट्रिय वुद्धिचाल प्रतियोगिता झापाको काँकरभिट्टामा सुरु भएको छ ।

बुधवार सम्पन्न पहिलो र दोस्रो चरणको खेलमा नेपालका शिर्षस्थ खेलाडीहरु पूर्व नेपाल च्याम्पियन सुरविर लामा ,नविन तण्डुकार , सुमित पन्त , प्रकाश नेपाल ,हरिचन्द्र चम्लागाई र सुमन श्रेष्ठले दुवै खेलमा सफलता हात पार्दै २ अकं जोड्न सफल भएका छन् । त्यसैगरि भारतका हरिश शर्मा , अनिक दास , आकाश तिवारी , हिल्लाल मण्डल ,स्मार्ट घोराईले पनि समान २ अकं नै जोडेका छन् ।

पशुपति इङ्गलिस वोर्डिङ्ग स्कुलको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा नेपालका ज्वाला लिम्वु, महेन्द्र कुमार साम्वाहाम्फे , इन्द्र कुमार सिग्धेल , सुमन श्रेष्ठ , भारतका दिब्या तेजा, दिशव निशाद र किरण राईले पनि दुवै खेलमा जीत हासिल गरि २ अकं नै जोडेका छन् ।

यसअघि नाइट चेस क्लवका अध्यक्ष राजु कार्कीको सभापतित्वमा प्रतियोगिताको उद्घाटन प्रदेश नं. १ का प्रदेश सासंद श्रीप्रसाद मैनाली गरेका थिए भने खेलको सुरुआत नाइट चेस क्लवका पूर्व अध्यक्ष बालजित राई र वर्तमान अध्यक्ष राजु कार्कीले गरेका थिए । फागुन २४ गते सम्म संचालन हुने प्रतियोगितामा नेपाल भारत र बङ्गलादेशका गरि जम्मा १ सय ३२ जना खेलाडीहरुको सहभागिता रहेको छ भने प्रतियोगिताको कुल नगद पुरस्कार २ लाख ४६ लाख रहेको छ ।
३८ जना खेलाडीलाई नगद पुरस्कार व्यवस्था गरिएको प्रतियोगितामा विजेताले ६० हजार , उपविजेताले ४० हजार र तेस्रोले २५ हजार नगर प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : फाल्गुन २१, २०७६ बुधबार  ७ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]