जेष्ठ ५, २०८१ शनिबार

भद्रपुर विमानस्थलमा कोरोना भाइरस जाँच्ने ‘हेल्थ डेक्स’

द्रपुर । कोरोना भाइरस भित्र्न नदिन झापाको चन्द्रगढी विमानस्थलमा विहीबारदेखि कोरोना भाइरस ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ । भारतलगायत तेस्रो देशका मानिसको समेत आवत–जावत हुने विमानस्थलमा कारोना भाइरसविरुद्ध सचेतना अपनाउँदै हेल्थ डेस्क स्थापना गरिएको हो ।

sdr

भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाको व्यवस्थापन तथा जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा विमानस्थलमा ‘कारोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष’ विहीबारदेखि सञ्चालनमा आएको नागरिक उड्डयन प्राधिकरण भद्रपुरका प्रमुख पूर्णप्रसाद चूँडालले जानकारी दिए ।

विमानस्थलको यात्रु बाहिरने र भित्र्ने स्थानमा डेक्स राखेर इन्फोरेट थर्मामिटर (ज्वरो नाप्ने यन्त्र)बाट आउने जाने यात्रुको ज्वरो नापिने स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलले बताए । ९८.६ डिग्रीभन्दा माथि तापक्रम भएका यात्रुलाई परामर्शसहित यात्रा नगर्न सल्लाह दिइने र १०० डिग्रीभन्दा बढी ज्वरो  आएको, नाकमुखबाट र्याल सिंगान बगेको पाइएमा एम्बुलेन्समा राखेर धरानस्थित वीपी मोमोरियल अस्पताल पठाइने उनले बताए ।

मानिसको निकै चाप रहने विमानस्थलमा निकै सावधानी अपनाउनुपर्ने र कोरोना भाइरसविरुद्धको सचेतना प्रचार सामग्री वितरण गरिनुपर्ने मेची अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरले जानकारी दिए ।

भारतसँगको सीमानजिक विमानस्थल भएकोले सयौंको संख्यामा भारतीय तथा छिमेकी नागरिकले भद्रपुर विमानस्थल प्रयोग गर्ने गरेका छन् । झापामा विभिन्न सीमा नाकामा सहायता कक्ष स्थापना गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको जानकारी दिए । उनका अनुसार एक महिना अघि नै पूर्वी नाका काँकडभिट्टामा हेल्थ डेक्स राखिएको, भद्रपुर भन्सार नजिकै आज राखिने र बनियानी, कुमरखोदलगायतका स्थानमा समेत चाँडै हेल्थ डेक्सको व्यवस्था गर्ने तयारी भएको बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्ण कोइराला, सशस्त्र प्रहरी हेडक्वाटर २ नम्बर अड्डाका प्रमुख रेशमकुमार थक्सुलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : फाल्गुन २२, २०७६ बिहीबार  ३ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]