बैशाख २५, २०८२ बिहीबार

प्रधानमन्त्रीको स्वास्थ्य सोचेभन्दा राम्रो : प्रवक्ता

काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले प्रधानमन्त्री केपी शर्माओलीको स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो हुँदै गएको बताएका छन् । 

सरकारका तर्फबाट मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले सो कुरा बताएका हुन् । 

‘प्रधानमन्त्रीको स्वास्थ्य सोचेभन्दा राम्रो भइरहेको छ । उहाँको स्वास्थ्य शीघ्र सुधार भइरहेको छ । उहाँलाई तरल पदार्थ खुवाउन थालिएको छ’, मन्त्री खतिवडाले भने, ‘मिर्गौला दाताको स्वास्थ्य पनि राम्रो हुँदै गइरहेको छ ।’

प्रकाशित मिति : फाल्गुन २२, २०७६ बिहीबार  ४ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]