जेष्ठ ६, २०८१ आईतबार

जमिनको विवादमा सरकारी सवारीको प्रयोग

बिर्तामोड । स्वास्थ्य मन्त्रालयका निर्देशक डा.तुलसी पोखरेलले विकास निर्माणमा असहयोग गरेको भन्दै स्थानीय उपभोक्ता आक्रोसित बनेका छन् ।


बिर्तामोड–५ मा निर्माणाधिन हिकोला–मानन्धर चोक सडक खण्डमा डा.पोखरेलले ज्यादती गरेको स्थानीयको आरोप छ । सडक निर्माणका क्रममा जग्गा मिचेको भन्दै पोखरेलले आपत्ति जनाएका छन् । यता, जनप्रतिनिधिले सामाजिक निर्णयमाथि अपमान गर्न खोजेको आरोप लगाए । डा. पोखरेलले स्थानीय विकासको भावना विपरित लाञ्छवना लगाएको स्थानीयको आरोप छ । डा.पोखरेललको सोहि सडकले छुने जग्गा ६ इञ्च मिचिएको भन्दै निर्माणाधिन संरचना भत्काइदिने भनेपछि स्थानीयले विरोध जनाएका थिए ।

स्थानीय यज्ञ अधिकारीले आफ्नो क्षेत्रको विकासका लागि २ फुट जग्गा छोडेको बताउँदै विकासमा सहभागिता जनाउँनु पर्ने बताएका छन् । उनले सडक निर्माणमा २ फुट जग्गा छोडेको जानकारी दिए । उनले जस्तै सो सडकले छोएको धेरै परिवारको जग्गामा सहमतिमै संरचना निर्माण भइरहेको छ ।


जग्गा मिचिएको आरोप लगाउँदै आक्रोसित डा.पोखरेल र स्थानीयवासी विच हातहालालको स्थिति भएको थियो । सिभिल इञ्जिनियर निर्मल संग्रौलाले स्थिति सामान्य भएकाले हातहाल नभएको जानकारी दिए । उनले सडक निर्माणमा सबैको योगदान भएकाले ६ इञ्च सामान्य भएको बताए । स्थिति तनापपूर्ण भएपछि वडा नं. ५ का वडाध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन समेत पुगेका थिए । मन्त्रालयको धमास दिदैं उनले स्थानीयलाई थर्काएको जनप्रतिनिधिको भनाई छ ।


डा. पोखरेलको श्रीमतिले ९ इञ्च जग्गा मिचिएको बताएकी छन् । उनले आफुहरु अन्यायमा परेकोले आफ्नो कुरा राखेको बताइन् । कुन निर्णयले जग्गा मिचिएको छ, त्यसको कागजात मागेको उनको भनाई थियो ।

उनीहरु आफ्नो पारिवारिक कामको लागि सरकारी सवारी लिएर आएका थिए । बा १ झ ९७२० नम्वरको ल्याण्ड कुजरमा आएका डा.दम्पत्तिले स्थानीयसँग विवाद गरेर फर्केका छन् । स्थानीयवासीले सरकारी गाडिको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

उनीहरु आफ्नो पारिवारिक कामको लागि सरकारी सवारी लिएर आएका थिए । बा १ झ ९७२० नम्वरको ल्याण्ड कुजरमा आएका डा.दम्पत्तिले स्थानीयसँग विवाद गरेर फर्केका छन् । स्थानीयवासीले सरकारी गाडिको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

पोखरेलले सडक निर्माण र सोलार जडानको क्रममा संकलन गर्ने भनिएको रकम समेत जम्मा नगरेको वडाध्यक्ष लिङदेनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : जेष्ठ ९, २०७६ बिहीबार  ८ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]