अर्जुनधारामा ज्येष्ठ नागरिकलाई सम्मान
अर्जुनधारा । ज्येष्ठ नागरिक सामुदायिक मिलन समाज अर्जुनधाराले आफ्नो ११ औं बार्षिकोत्सवको अवसर पारेर ४२ जना ज्येष्ठ नागरिकलाई शनिबार सम्मान गरेको छ ।
मिलन समाजको आयोजना र अर्जुनधारा नगरपालिकाको सहयोगमा नगर क्षेत्रका ज्येष्ठहरु मध्ये विशिष्ट श्रेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।
समाजद्वारा अर्जुनधारा जलेश्वरधामको श्रवण हलमा आयोजित सम्मान कार्यक्रममा समाजको चौतर्फी विकास र संस्था सञ्चालनको मार्गमा सहयोग पु¥याउने रिद्धि बहादुर खड्का ,टिका प्रसाद खतिवडा, तारा प्रसाद बराल, हरिप्रसाद न्यौपाने, डिल्लीराम घिमिरे, देवी माया घिमिरे, दशरथ निरौला ,चेत बहादुर कुमाल, विष्णु माया खतिवडा, गोपाल कुमार बुढाथोकी, गंगा प्रसाद भट्टराई, गणेश प्रसाई, सूर्यबहादुर कार्की, खगेन्द्र प्रसाद घिमिरे, नेत्र प्रसाद खतिवडा, कुसुमलाल दनुवार, धन बहादुर खड्का, गोपीकृष्ण पराजुली, हरि प्रसाद भट्टराई, राधिका पाण्डे लगायत ४२ जनालाई नगद र सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियोे ।
समाजका अध्यक्ष शेखरनाथ अधिकारीको सभापतित्व तथा अर्जुनधारा नगरपालिकाका उपमेयर खड्गमाया पराजुलीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा ज्येष्ठ नागरिक सामुदायिक मिलन समाज वडा नम्बर– ९ का वडा संयोजक हरिप्रसाद काफ्लेले ‘हामी नेपाली हौं’ भन्ने राष्ट्रिय गीत प्रस्तुत गरेका थिए ।
सचिव कृष्णप्रसाद पौडेलले सञ्चालन र उपाध्यक्ष नरेन्द्र तिम्सिनाले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथि पराजुली, पूर्व मन्त्री विरमणि ढकाल, अर्जुनधारा नगरपालिका – ७ का वडाध्याक्ष गोविन्द प्रसाद खतिवडा, संस्थाका वरिष्ठ उपाध्यक्ष लक्ष्मीप्रसाद इङनाम लगायतले आ– आफना धारणाहरु राखेका थिए । संस्थाको कार्यक्रम अनुसार आगामी वैशाख २ गते नगरका प्रत्येक वडाबाट १÷१ जना उत्कृष्ट छोरी–बुहारी छनौट गरी सम्मान गरिने सचिव पौडेलले जानकारी दिए ।