बैशाख २५, २०८२ बिहीबार

एसईई परीक्षा नसर्ने

बिर्तामोड । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ६ गतेदेखि तोकिएको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० को यथावत् रुपमा सञ्चालन हुने स्पष्ट गरेको छ ।

सो परीक्षा सारिएको भन्ने भ्रम सिर्जना नगर्न आग्रह गर्दै मन्त्रालयका प्रवक्ता दीपक शर्माले जारी गरेकोे विज्ञप्तिमा कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिएर कक्षा १ देखि ९ सम्मका वार्षिक परीक्षा चैत ५ गतेभित्र सम्पन्न गरिसक्न निर्देशन दिइएको भए पनि एसईई परीक्षा यथावत् रहने जनाएका छन् ।

उनले परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्ने जस्ता सूचनाका भ्रममा नपर्न आग्रह गर्दै परिस्थितिको विश्लेषण गरेर आवश्यकता र औचित्यका आधारमा थप निर्णय भएमा आधिकारिक रुपमा जानकारी दिइने बताए ।

प्रकाशित मिति : फाल्गुन २३, २०७६ शुक्रबार  ७ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]