बैशाख २५, २०८२ बिहीबार

टाइब्रेकरमा झापा-११ विजयी

पोखरा — विभागीय टिम एपीएफ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै झापा–११ फुटबल क्लब पोखरामा जारी आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शुक्रबार निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा धेकिलिएको थियो । थपिएको ३० मिनेटमा दुवै टोलीले १–१ गोल गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा झापाले ५–३ को जित निकाल्यो ।

झापाको लागि हेमन्त थापामगर, मौसम लिम्बु, प्रमोद चौधरी, विशाल दर्जी र कप्तान संजित राईले गोल गरे । एपीएफका लागि नविन लामा, राजिव लोप्चन र गोलरक्षक राजु नगरकोटीले गोल गरे । झापाका गोलकिपर राजकुमार लिम्बुले एपीएफका सुदिप शिख्राकारको पेनाल्टी बचाए । त्यसो त खेलको ५३ औं मिनेटमा उनै लिम्बुले पेनाल्टी एरियामा फाउल गरेपछि एपीएफलाई पेनाल्टीको अवसर दिलाएका थिए । एपीएफका नविन लामाको पेनाल्टी उनले रोक्न सफल भएका थिए । उनी खेलको म्यान अफ द म्याच घोषित भए ।
झापाका लागि खेलको १११ औं मिनेटमा सुनील खड्काले गोल गरे । अन्तिम मिनेटमा सम्हालिन नसक्दा झापाले एपीएफलाई बराबरी बनाउने मौका दियो । एपीएफका आकाश बुढामगरले खेलको १२० औं मिनेटमा शानदारहेड गोल गरेका थिए ।
प्रतियोगिता अन्तर्गत झापाले फागुन २५ मा मनाङ मर्स्यांदी क्लबसँग खेल्ने छ । शनिबार आयोजक सहारा क्लब र नेपाल पुलिस क्लबबीच पहिलो क्वाटरफाइनल खेल हुनेछ ।

 

प्रकाशित मिति : फाल्गुन २३, २०७६ शुक्रबार  ८ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]