बैशाख ६, २०८१ बिहीबार

जिल्ला स्तरीय महिला फुटबल : कनकाई जित्यो उपाधि

सिएम शर्मा

सुरुङ्गा । कनकाई खेलकुद प्रतिष्ठानले नियमित रुपमा अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको अवसर पारेर आयोजना गर्दै आएको जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताको पाचौं संस्करणको उपाधि आयोजक कनकाई स्पोर्ट्स एकाडेमीले जितेको छ ।

आइतबार कनकाई माबिको खेल मैदानमा सम्पन्न फाइनल खेलमा पारिजात महिला फुटबल क्लब सालवारी लाई १–० गोल अन्तरले पाखा लगाउदै आयोजक कनकाई स्पोर्ट्स एकाडेमीले जित हासिल गरेको हो । निर्धारित ६० मिनेटको खेलको पहिलो हापमा दुबै तर्फबाट कुनै पनि गोल भएन । दोस्रो हापको ११औं मिनेटमा कनकाईकी क्याप्टेन लक्ष्मी श्रेष्ठले गरेको गोल प्रहारले जाली चुम्न सफल भएपछि कनकाईले अग्रता हासिल गरेको थियो । श्रेष्ठको गोलनै निर्णायक बनेको छ ।

प्रतियोगिताको विजेता टिमलाई नगद साठी हजार र उप बिजेता लाई नगद पैतिस हजार साथै दुबै टिमलाई ट्रफी , मेडल र प्रमाणपत्र प्रमुख अतिथि प्रदेश १ का प्रदेश संसद हिराकुमार थापा , विशिष्ट अतिथि कनकाई नगर उपप्रमुख मञ्जु प्रसाईं प्रतिष्ठानका अध्यक्ष दिननाथ खतिवडा लगायत अतिथिहरुको हाटबाट प्रदान गरिएको थियो ।

खेलमा कनकाइ नगरपालिकाकी कार्यपालिका सदस्य सुनिता खरेलको प्रायोजनमा रहेको नगद एक हजार र ट्रफी सहितको प्लेयर अफ दि म्याच को उपाधि कनकाई कि गोल कर्ता लक्ष्मी श्रेष्ठले हासिल गरिन् भने खेल संयोजक अम्बिका खरेलले प्रायोजन गरेको नगद तीन हजार र ट्रफी सहितको प्लेयर अफ दि टुर्नामेन्टको उपाधि बिजेता टिमकै सुस्मिता चौधरीलाई प्रदान गरिएको थियो ।

प्रतिस्पर्धात्मक खेल हुनु अघि झापा गाउँपालिकाको पुरुष भेट्रान टिम र कनकाई नगरको पुरुष भेट्रान टिम बिच पहिलो मैत्रीपुर्ण खेल भएको थियो । त्यसैगरी नारी दिवसको अवसरमा नारीहरुकै खेल सम्पन्न हुन लागिरहँदा प्रतिष्ठान कि सहसचिव मान्ता खरेलको संयोजनमा लक्ष्मीपुर महिला समूह र सुरुङ्गा महिला समूह बिच दोस्रो मैत्रीपुर्ण खेल खेलाइएको थियो ।

प्रकाशित मिति : फाल्गुन २५, २०७६ आईतबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]