बैशाख ७, २०८१ शुक्रबार

जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिता सम्पन्न

बिर्तामोड । लायन्स क्लव अफ अनारमनीको आयोजना झापाको बिर्तामोडमा जारी जिल्ला स्तरीय प्रथम लायन्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि खुल्ला डवल तर्फ सुदेन राई र प्रकाश राईले हात पारेका छन् ।

आज भएको फाइनल खेलमा प्रणिष ठकुरी र महेन्द्र श्रेष्ठलाई पराजित गर्दै राईद्वयले प्रतियोगिताको उपाधि हात पारेका हुन् ।

उपाधिसंगै उनीहरुले नगद २० हजार ट्रफी र प्रमाणपत्र हात पारेका छन् । त्यस्तै प्रणिष ठकुरी र महेन्द्र श्रेष्ठ प्रतियोगितामा द्धितीय स्थान हासिल गर्दै नगद १५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र हात पारे । चाणक्य पाठक, नवीन सिलवाल, तथा विशन राई र ध्रुव दाहाल तृतीय हुँदै नगद १० हजार सहित ट्रफी र प्रमाणपत्र हात पारेका छन् ।

यता, भेट्रान डवल तर्फ संजय भक्तराज तथा कुमार गिरीले प्रतियोगिताको उपाधि हात पारेका छन् । यो संगै उनीहरुले नगद १५ हजार रुपैयाँ तथा ट्रफी र प्रमाणपत्र हात परे ।

त्यस्तै देउकुमार राई र गंगा फेदावेले द्धितीय स्थानमा चित्त बुझाए । उनीहरुले नगद १० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । भेट्रान खुल्ला डवल तर्फ इन्द्रजीत मुखिया र राजकुमार राई तथा कुलदीप चौधरी र रुद्रवहादुर सारुले तीतृय स्थान हासिल गर्दै नगद ५÷५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र हात पारेका छन् ।

प्रतियोगिता फागुन २४ गतेदेखि बिर्ता व्याडमिटन क्लबको कवडहलमा शुरु भएको थियो । प्रतियोगितामा २४ टिमले सहभागीता जनाएको आयोजक समितिका अध्यक्ष शैलेन्द्रकुमार कुरुङ्वाङ्गले जानकारी दिए ।

प्रतियोगितामा अन्तराष्ट्रिय रेफ्री पुष्पा घिमिरे र भानु सिटौलाले निर्णायकको भूमिका निवाह गरेका थिए ।

प्रतियोगिता समापन समारोहमा लायन्स क्लव अफ इन्टरनेशनल ३२५ एवानका डिस्ट्रिक गर्भनर इन्द्र राजन खत्रीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच विजेतालाई पुरस्कार वितराण गरिएको थियो । सो समारोहमा नेपाल व्याडमिन्टन क्लवका केन्द्रीय सदस्य बिनोद वस्नेत, सामजसेवी राजकुमार पोखरेल, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : फाल्गुन २६, २०७६ सोमबार  ४ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]