बैशाख ७, २०८१ शुक्रबार

ताप्लेजुङ महिला गोल्डकपको सेमिफाइनलमा

झापा । साविक विजेता कर्णसिं सोनम एफसी यहाँ जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

माउण्ट एभरेष्ट स्पोर्टिङ एफसीलाई २–० गोलले पराजित गर्दै ताप्लेजुङले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । यो जीतसँगै सेमी समिकरण पूरा भएको छ ।

ताप्लेजुङको जीतमा दुवै गोल सुस्मा खातीले गरेकी हुन् । उनले पहिलो र दोस्रो हाफमा टिमका लागि व्यक्तिगत दुई गोल गरेकी हुन् ।

सुनसरीले दबाब सिर्जना गरिरहेको बेला खेलको ३४औँ मिनेटमा सुष्माले विपक्षी गोलरक्षक विट भएको मौकामा गोल गरेकी हुन् । एक गोलले पछि परेपछि सुनसरीले दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरे पनि हार टार्न भने सकेन ।

दोस्रो हाफमा आक्रामक खेलेको सुनसरीका लागि खेलको ५३औँ मिनेटमा घातक बन्यो । सुनसरीको कमजोर डिफेन्स लाइनको फाइदा उठाउँदै ताप्लजेङकी सुष्माले दोस्रो गोल गरेकी हुन् ।

खेलको वुमन अफ दी म्याच ताप्लेजुङकी सुष्मा खाती घोषित भइन् । उनलाई १ नम्बर प्रदेश सांसद अर्जुन राईले नगद ३ हजार पुरस्कार प्रदान गरे ।

त्यस्तै, ताप्लेजुङको खेल मन पराएर ढुंगेसाघ निवासी प्रहरी हवल्दार बलबहादुर तामाङले प्रशिक्षक डिकबहादुर सुब्बालाई नगद ५ हजार प्रदान गरे ।

मंगलबार कनकाई नगर खेलकुद विकास समिति झापाले लेटाङ फुटबल क्लब मोरङसँग पहिलो सेमिफाइनल खेल खेल्नेछ ।

महिला फुटबल खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले सुखानी सहिद स्मृति प्रतिष्ठान अर्जुनधारा–९ झापाको आयोजनामा गरिएको यस प्रतियोगिता १ नम्बर प्रदेशमै सर्वाधिक राशिको हो ।

गोल्डकपमा ९ जिल्लाका १० टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेताले नगद १ लाख २५ हजार पाउँदा उपविजेताले नगद ७५ हजार पाउनेछ । अन्य विधागत पुरस्कारतर्फ बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्डले जनही ७ हजार पाउँदा फाइनल खेलको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार प्रदान गरिनेछ ।

त्यस्तै, फेयर प्ले टिमलाई आयोजकले नगद १० हजार प्रदान गर्नेछ भने वुमन अफ दी टुर्नामेन्ट बन्ने खेलाडीलाई नगद १२ हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित मिति : फाल्गुन २६, २०७६ सोमबार  ८ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]