बैशाख ११, २०८१ मंगलबार

जुडोमा स्वर्ण पदक विजेता देविकालाई सम्मान

भद्रपुर । झापा जिल्ला जुडो संघले दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता देविका खड्कालाई सम्मान गरेको छ ।

जुडो खेलको माध्यमबाट अन्र्तराष्ट्रिय पहिचान निर्माण गर्न सफल झापाली चेली देविकालाई सम्मान पत्र र दोसल्ला ओढाएर संघले सम्मान गरेको हो । सम्मानित खड्का पश्चिम दक्षिणी झापा गाउँपालिकाकी स्थायी बासिन्दा हुन् भने सशस्त्र प्रहरी बलको टोलीबाट जुडो खेलमा प्रतिष्पर्धा गर्दै आएकी छिन् ।

संघका अध्यक्ष प्राध्यापक डा. पृथ्वीविक्रम राईको अध्यक्षता तथा रूद्र—गौरी श्री—अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जापानी जुडो प्रशिक्षक मिसाखी यामादालाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रकाशित मिति : फाल्गुन २६, २०७६ सोमबार  ८ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]